पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समुहका स्थायी समिति सदस्य देव गुरुङले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा आदेश दिएर संविधानको रक्षा गर्ने बताएका छन् ।
प्रधानमन्त्रीको कदमले संविधान नै खतरामा परेको भन्दै उनले आदालत प्रति आफूहरुको विश्वास रहेको धारणा राखे ।
सोमबार पोखरामा नेकपा प्रचण्ड नेपाल समुहको गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
कथमकदाचित सर्वोच्चले ओलीको कदम सदर गरे देशमा संविधान मर्ने र जंगे शासन सुरु हुने विश्लेषण गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही र फाँसीबादी चिन्तन साम्राज्यवादीहरुका लागि ‘ढुंगो खोज्दा देउता मिलेजस्तो’ भएको भन्दै उनले ओलीलाई साम्राज्यवादीहरुले नै प्रयोग गरेको अथ्र्याए । ‘प्रधानमन्त्री केपी ओलीको तानाशाही, फाँसीवादी र एकाधिकारवादी शैली साम्राज्यवादीहरुलाई ढुंगो खोज्दा देउता मिले जस्तो भएको छ’ उनले भने ।
साम्राज्यवादीहरुको इच्छापुर्ति गर्न कम्युनिष्ट पार्टी र उनीहरुको बर्चस्व रहेको संसद ध्यस्त पार्नु थियो भन्दै उनले त्यसमा ओली प्रयोग भएको विश्लेषण सुनाए ।
गुरुङले प्रधानमन्त्री ओली संविधानका सबै प्रावधान ध्वस्त पार्न लागिपरेको आरोप लगाए ।
‘उहाँ संविधानका सबै प्राबधान ध्वस्त पर्ने प्रयासमा हुनुहुन्छ’ भन्दै उनले एक पछि अर्को कदम चाल्न प्रधानमन्त्रीले खोजिरहेको र चुनाव गराउने नियत नै नरहेको उल्लेख गरे ।
अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पुरा गर्न संसद विगघटन गरेका बताए ।
‘आफ्ना असेपासे र मनलागेका जोसुकै मान्छेलाई आफ्नो घेरामा राखिरहन पद पु¥याउनु पर्ने छ । उहाँको त्यो चाहना संसद र पार्टीबाट पुरा नहुने देखेपछि पार्टी विभाजन गर्नुभयो र संसद नै विघटन गरिदिनुभयो,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस् :