पोखरा ।
कोरोना वारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई त्यहाँको अदालतले चार वर्षको जेल सजाय तोकेको छ ।

सांघाइको अदालतले उनलाई सोमबार चार वर्षको जेल सजाय तोकेको हो । ३७ वर्षीय ती पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहानलाई पाँच वर्षको जेल सजाय दिइनुपर्ने सरकारी वकिलले सिफारिस गरेका थिए ।
उनलाई प्रहरीले गत मे मा नियन्त्रणमा लिएको सार्वजनिक भएको थियो । पत्रकार जाङ जिहानमाथि कोरोनाको वास्तविकता भन्दा फरक झुठो समाचार सम्प्रेषण गरेको आरोप लगाइएको थियो ।
समाचार लेखेर पक्राउ परेकी भएपनि उनीमाथि समस्यालाई निम्त्याउन भूमिका खेलेको चिनिया अधिकारीले आरोप लगाएको छ ।
सन् २०१९ मा हङकङमा भएको प्रदर्शनमा उनले आन्दोलनकारीको साथ दिएकी थिइन् ।
त्यसबेला पनि उनलाई पक्राउ गरिएको थियो
प्रतिक्रिया लेख्नुहोस् :