• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेपालको राजनीतिक सङ्कटबीच चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको भ्रमणले के सङ्केत गर्छ

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, १२ पुष आईतवार १७:१०
0
नेपालको राजनीतिक सङ्कटबीच चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको भ्रमणले के सङ्केत गर्छ
28
SHARES
51
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
सङ्घीय संसद्को तल्लो सदन विघटन गरिएपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ एक चिनियाँ प्रतिनिधिमण्डल आज काठमाण्डू उत्रिएको छ।

ads
×

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशक सहितको प्रतिनिधिमण्डलले चारदिने भ्रमणमा पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेट्ने निश्चित भइसकेको छ।

नेकपाको प्रचण्ड(नेपाल समूहका नेता विष्णु रिजालले भनेः “यो भ्रमणको तय नेपालमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएपछि भएको हो।“

चिनियाँ टोलीले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गर्ने वा नगर्ने अझै स्पष्ट भएको छैन। ओलीका प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आफूहरूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन्।

चीनमा पार्टीले नै सरकार चलाउने भएकाले सीपीसीको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ।

भ्रमणको अर्थ
नेपाली काङ्ग्रेसका नेता समेत रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायले ’नेपाल अदृश्य सङ्कटको बाटोमा गइसकेको’ भन्दै त्यस्तो बेला विदेशी शक्तिहरूले आफ्नो स्वार्थ सुरक्षित गर्ने प्रयास गर्नुलाई अस्वाभाविक ठान्दैनन्।

“दक्षिणतर्फ खुला सीमा छ र उत्तरलाई तिब्बतको संवेदनशीलताको चिन्ता छ। त्यसमाथि बदलिएको विश्व परिदृश्यमा दुवैले आफ्नो सुरक्षा चासो त हेर्छन् नै,“ पूर्वराजदूत उपाध्यायले बीबीसीलाई भने।

“समस्या हामीले निम्त्याएको हो। हामीले अनुमति दिएरै विदेशीहरू आउने हुन्। नेपाल आफैले आफ्नो गन्तव्य तय गर्ने विषयमा फेरि पनि चुक्दै छ।“

उपाध्यायले नेपालको पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक सङ्केत रहेको ठान्छन्।

“नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन। र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू बढाउँछ।“

चीनले के चाहेको छ?
चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो।

नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ।यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले ’अनुभव आदानप्रदान’को रूपमा अर्थ्याउने गरेका थिए।

चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको ठान्छन्।

“बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न सीपीसीको टोली आएको हुनसक्छ,“ भट्टराई भन्छन्।

“कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास चीनले गर्न सक्छ।“

भूराजनीतिक प्रतिस्पर्धा
संसद् विघटन भएपछि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेटेकी थिइन्।

पार्टीमा सङ्कट देखा परेको यसअघिका अवस्थामा समेत राजदूतले प्रधानमन्त्री र अन्य नेताहरूसँग गर्ने भेटघाटलाई पार्टी एकतामा चीनको जोड रहेको रूपमा हेर्ने गरिन्थ्यो।यो भ्रमणको समय र सन्दर्भलाई राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनालले नेपालको राजनीतिमा ’चिनियाँहरू प्रत्यक्ष रूपमा संलग्न रहेको’ देखाउने ठान्छन्।

“हिजो एउटा मात्र देशको हस्तक्षेप थियो भने आज दुई वटाकै भएको छ। चीन र भारत दुवैको नेपाली समाजमा गहिरो प्रभाव छ। त्यसमै देशहरू खेल्न थाले भने नेपाली समाज नै विभाजित हुने जोखिम छ,“ प्राध्यापक खनाल भन्छन्।

“अति संवेदनशील भूमानचित्रमा रहेको हामीमा दुइटा छिमेकीले प्रतिस्पर्धा गर्दा यहाँ धेरै कुरा विभाजित हुनसक्छ। त्यसले अफ्रिकी मुलुकहरूमा जस्तो द्वन्द्वको अवस्था सिर्जना नहोला भन्न सकिन्न।“समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु
समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने
राजनीति

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे
राजनीति

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’
Uncategorized

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्डलाई प्रश्न: अबको प्रधानमन्त्री शेरबहादुर कि तपाईँ ?

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.