Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

चीनले सन् २०२८ मा अमेरिकालाई जित्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने

by केन्द्र खबर
२०७७, १२ पुष आईतवार १६:५३
0
चीनले सन् २०२८ मा अमेरिकालाई जित्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने
15
SHARES
28
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ।

यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो।

सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।

ADVERTISEMENT

भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ।भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड–१९ का कारण फेरि पछाडि परेको छ।

भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ।

सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ।

चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको छ जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नुपरेको छैन।

यसको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको छ।अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ।

त्यहाँ भाइरस जोडिएका घटनामा ३३०,००० मानिसहरूको मृत्यु भएको छ भने एक करोड ८५ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा एक करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ।

प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड–१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ।

चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ।

चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड(१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए।समाचार साभारः बीबीसी

सम्बन्धित समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
अर्थ

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
राजनीति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा
राजनीति

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड
मुख्य समाचार

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
शीर्ष खबर

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
शीर्ष खबर

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

Discussion about this post

ताजा समाचार

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

प्रधानमन्त्रीको नाम केपी होइन करप्रसाद ओली : देउवा

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

केपी ओलीलाई तह लगाउन सकेनौंः प्रचण्ड

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

एक दशकमा पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

घर पालुवा हात्तीको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

सिरहामा हात्तीले दुई दर्जन घर भत्कायो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.