बिराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी केन्दको विवादले प्रदेशमा पनि सरकार परिवर्तनको खेल भएको छ ।
बागमति प्रदेशमा अविस्वासको प्रस्ताव दर्ता भए पछि अहिले प्रदेश १ मा पनि अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।
शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिकमामिला मन्त्री इन्द्र आङ्बो लाई बर्खास्त गरे पछि विवाद झन बढेको छ । आइतबार एक मन्त्री र दुइ राज्यमन्त्रीले राजिनामा दिएका छन् ।
प्रचण्ड– नेपाल समूहले आइतबार मुख्यमन्त्री विरुद्ध अविस्वास्त प्रस्ताव दर्ता गर्ने बताएका छन् । बर्खास्त गरिएका मन्त्री आङ्बोले मुख्यमन्त्रीले अविस्वास्को प्रस्ताव दर्ता गर्ने बाटो खुल्ला गरेको बताएका छन् ।
९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद छन् । पार्टी विभाजनपछि ओली समूहको पक्षमा २० जना मात्रै सांसद छन् । प्रचण्ड–माधव पक्षमा ४७ सांसद छन् ।
पार्टी विभाजनसँगै ओली पक्षका मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् ।
Discussion about this post