गुल्मी ।
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
ट्रकले पैदलयात्रीलाई ठक्कर दिदा दुवैजनाको मृत्यु भएको हो ।
ADVERTISEMENT
ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीका २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको हो ।
बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा विहान २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले बताए ।
Discussion about this post