पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जिबहादुर कोईराला विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजीत गर्र्दै गण्डकी प्रदेश अध्यक्ष पदमा निर्वाचित भएका हुन्। ८० प्रतिशत मतभार खसेकोमा कोइरालाले ५४ प्रतिशत र प्रतिस्पर्धी शर्माले २६ प्रतिशत मतभार प्राप्त गरे ।
ADVERTISEMENT
जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भए । एसोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भए ।
सदस्यहरू धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लिलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य, एसोसिएट सदस्यमा सूर्य भुजेल सर्वसम्मत चयन भएका छन् ।
Discussion about this post