विराटनगर ।
प्रदेश १ मा पनि मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको प्रतिक्रिया दिएका छन् ।
शनिबार बेलुका मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई बर्खास्त गरेका थिए ।
पदमुक्त भएलगत्तै आङ्बोले आफ्नै नेतृत्वमा अविश्वासको प्रस्ताव आउने बताए । नेकपाको विवाद पार्टी विभाजन सम्म पुगेपछि प्रदेश सरकार विरुद्ध पनि अविश्वासको प्रस्ताव आउने क्रम सुरु भएको छ ।
नेकपा फुटपछि प्रदेश १ का मुख्यमन्त्री राई अल्पमतमा छन् । ९३ सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाको ६७ सदस्य मध्य २० जना ओली समूहमा छन् ।
प्रचण्ड–नेपाल पक्षमा ४७ जना सदस्य छन् र यो सरकार बनाउन पुग्ने संख्या हो ।
यस्तै प्रदेशसभामा नेपाली काँग्रेससँग २१, जनता समाजवादी पार्टीसँग तीन, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चका एक(एक सदस्य छन् ।
Discussion about this post