काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसंग भेट गरेका छन् ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो ।
पार्टी विभाजन उन्मुख भए पछि तटस्थ रहेका गौतमलाई आफ्नो समूहमा तान्न प्रचण्डले पटकपटक आग्रह गदै आएका छन् । आजको भेटमा प्रचण्डले साथ दिन आग्रह गरेको बताइएको छ ।
ADVERTISEMENT
गौतमले संसद विघटनको विपक्षमा रहेको बताए पनि दुवै समूहको पक्षामा खुलेका छैनन् । दुई समूहले पटकपटक बैठक राखे पनि गौतम ती भेलामा सहभागी भएका छैनन् ।
गौतमले पार्टी एकिकरणको पक्षमा अडान लिएको बताइएको छ ।
Discussion about this post