पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले पार्टी नेकपा विभाजन पछि भागवण्डा स्वभाविक भन्दै धुमबाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड नेपाल पक्षलाई आग्रह गरेका छन् । शनिबार पोखरामा ओली समुको युवा संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पेरिस डाँडामा जान प्रचण्ड नेपाल समुहलाई आग्रह गरे ।

उनले भागवण्डामा देशभरका पार्टी कार्यालय सबै ओली समुहकै रहने जिकिर गरे । चुनाव चिन्ह सूर्य र पार्टी कार्यालयमा प्रचण्ड नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी छ ।
अर्को समुहका अध्यक्ष प्रचण्डले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकार भित्रको हसिँया हतौडा लिएर गर्नुपर्ने उनको भनाई छ । अर्का अध्यक्ष माधव नेपालले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्नुभनेको विगतमा जारी माग्नु सरह रहेको उनले टिप्पणी गरे ।
‘विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कम्रेडले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिए जस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्ह लिएर गर्ने हो’ उनले टिप्पणी गरे ।
नेता बस्नेतले आफ्नो समुहले केन्द्रीय समितिको विस्तार गरेको नभई महाधिवेशन आयोजक समिति बनाएको जिकिर गरे । यद्यपी महाधिवशेन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाई थियो । ‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाईयो । यसमा पनि प्रष्ट पार्नुपर्ने देखियो । नेता बस्नेतले अहिलेको केन्द्रीय समितिलाई ‘एउटा घर भत्काएर अर्को नबन्दासम्म कामचलाउ रुपमा बनाइएको झुप्रो जस्तै’ भनेका छन् । उनले घर रुपी केन्द्रीय समिति भने सानो आकारको हुने दाबी गरे ।
प्रतिक्रिया लेख्नुहोस् :