Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

प्रतिनिधिसभा पुनस्थापनाको एजेन्डा बोक्न सकिन्नः–देउवा

by केन्द्र खबर
२०७७, ११ पुष शनिबार १०:११
0
सरकारले भ्रष्टाचारबाहेक केही गरेन : देउवा
199
SHARES
368
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले प्रतिनिधिसभा पुनस्थापनाको कुनै एजेन्डा नबोक्ने स्पष्ट पारेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले संसद् पुनस्थापनाको एजेन्डालाई जनतासमक्ष लिएर जानुपर्ने माग गरिरहेको अवस्थामा सभापति देउवाले त्यस्तो एजेन्डा बोक्न नसकिने स्पष्ट पारेका हुन् ।

ADVERTISEMENT

शुक्रबारको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता पौडेलले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेन्डा संसद् पुनस्थापना हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

पौडेललाई जवाफ दिँदै सभापति देउवाले संसद् पुनस्थापनाको एजेन्डा बन्न नसक्ने बताएका हुन् । ‘संसद् विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसबारे कांग्रेसले केही गर्दैन र यस विषयमा कुरा गर्ने अवस्था छैन,’ बैठकमा सभापति देउवाले भने ।

कांग्रेसले यही १३ पुसमा सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले १९ पुससम्म केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

बैठक सकिनुअघि केही बोल्नु छ भन्दै पौडेलले केही बेर समय मागे । त्यसपछि सभापतिले उनलाई समय दिएलगत्तै पौडेलले आन्दोलनको एजेन्डाबारे पार्टी प्रस्ट हुनुपर्ने माग गरे ।

उनले आन्दोलन गर्न कांग्रेस डराउन नहुने बताए ।

‘आन्दोलनमा जाँदा पार्टीको एजेन्डा स्पष्ट हुनुपर्छ । संसद् विघटन अवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ भनेर जनतासमक्ष स्पष्ट लक्ष्यका साथ जानैपर्छ ।

यस्तो संवेदनशील विषयलाई झारा टार्ने गरी आन्दोलन तुहाउन खोज्नु गलत हुन्छ,’ पौडेलले भने । त्यस लगत्तै देउवाले संसद् पुनस्र्थापनाका बारेमा सडकमा जान नसकिने भएकाले यो एजेन्डा नबोक्न आग्रह गरे ।

त्यस्तै रमेश लेखकले संसद् पुनस्र्थापनाको विषय अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताए । पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताए ।

यस्तै कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले लोकतन्त्र कसैले मास्न नसक्ने भएकाले यसमा कुनै चिन्ता गर्न नहुने बताए । समाचार स्रोतःराजधानी दैनिक

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
मुख्य समाचार

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार
अन्तराष्ट्रिय

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्
शीर्ष खबर

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो
अर्थ

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली
अर्थ

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

Discussion about this post

ताजा समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.