Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

अख्तियारमा २५ हजार उजुरी, प्रदेश २ मा बढी उजुरी

by केन्द्र खबर
२०७७, १० पुष शुक्रबार ०८:२८
0
खोलाको जग्गा व्यक्तिको नाममा, अख्तियारद्वारा अनुसन्धान
14
SHARES
26
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
आर्थिक अनियमितताका उजुरीमा प्रदेश २ अग्रस्थानमा देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदनअनुसार अनियमितताका सबैभन्दा बढी उजुरी प्रदेश २ का रहेका छन् ।

प्रतिवेदनअनुसार कुलमध्ये २३ दशमलव ८७ प्रतिशत उजुरी प्रदेश २ का छन् । अख्तियारमा जिम्मेवारी सरेका समेत २५ हजार १५२ उजुरी परेका छन् । उजुरीमध्ये १६ हजार ९५२ उजुरी फछ्र्योट भएका छन् ।

ADVERTISEMENT

आठ हजार दुई सय उजुरी जिम्मेवारी सरेका छन् ।

अख्तियारले वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएको छ । प्रतिवेदनअनुसार सबैभन्दा कम उजुरी कर्णाली प्रदेशका छन् । कर्णालीका पाँच दशमलव ८२ प्रतिशत उजुरी परेका छन् ।

यस्तै प्रदेश १ का ९ दशमलव ८२ प्रतिशत, लुम्बिनीका १० दशमलव ७९ प्रतिशत उजुरी छन् । सुदूरपश्चिमका आठ दशमलव ४४ प्रतिशत उजुरी रहेका छन् ।

उजुरी सङ्ख्याका आधारमा प्रदेश २ पछि बागमती प्रदेश रहेको छ । बागमतीका १९ दशमलव ५९ प्रतिशत उजुरी छन् ।

अख्तियारका अनुसार सङ्घीय मन्त्रालयहरूमा सबैभन्दा बढी उजुरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका छन् । सङ्घीयको ३० दशमलव शून्य सात प्रतिशत रहेका छन् ।

यो उजुरी स्थानीय तहसमेतको रहेको अख्तियारले जनाएको छ । यस्तै शिक्षा क्षेत्रसँग सम्बन्धित १६ दशमलव ३६ प्रतिशत उजुरी रहेका छन् ।

यस्तै भूमि प्रशासनसँग सम्बन्धित आठ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायाच क्षेत्रतर्फ तीन दशमलव ५९ प्रतिशत उजुरी रहेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइतर्फ दुई दशमलव ६७ प्रतिशत उजुरी रहेका छन् ।

अर्थ मन्त्रालयतर्फ दुई दशमलव १७ प्रतिशत उजुरी रहेका छन् । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित सात दशमलव ७३ प्रतिशत उजुरी रहेका छन् ।

गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित छ दशमलव ३७ प्रतिशत र अन्य क्षेत्र र निकायका उजुरी दस दशमलव ९४ प्रतिशत रहेका छन् ।
अख्तियारका अनुसार प्रतिवेदन अवधिमा अनुसन्धानबाट ६८७ वटा कारबाही भएका छन् । जसमध्ये ४४१ मुद्दा दर्ता भएका छन् ।

यस्तै ११३ सुझावसहित लेखी पठाउने निर्णय भएका छन् । निर्णय भएकामध्ये १२४ लाई तामेलीमा राखिएको छ । नौ उजुरी मुल्तवीमा पठाइएका छन् ।

अख्तियार प्रतिवेदन अवधिमा ४४१ थान मुद्दा दायर गर्दा एक हजार २१२ जनालाई प्रतिवादी कायम गरेको छ । दुई अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपियाँ बिगो दाबी लिएको छ ।

प्रतिवादीमध्ये तीन पूर्वमन्त्री र नौ विशिष्ट श्रेणीका कर्मचारी समेत रहेका छन् । एक लाखसम्म बिगो दाबी गरिएका मुद्दा १५३ थान छन् ।
एक करोडभन्दा बढी बिगो दाबी गरिएका मुद्दा २९ थान रहेका छन् ।

गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ थान मुद्दा दर्ता भएका छन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले स्वच्छ समाज र सुशासनयुक्त राज्यको परिकल्पना कार्यान्वयनका लागि अख्तियारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

भ्रष्टाचारजन्य कार्य न्यूनीकरणका लागि राज्यका सबै निकायबीच सहकार्यको आवश्यकता राष्ट्रपति भण्डारीले औँल्याउनुभयो ।

भ्रष्टाचार न्यूनीकरणका लागि निरोधात्मक र प्रवद्र्धनात्मक कार्यको समेत आवश्यकता भएको उहाँको
जोड छ ।

यस्तै, प्रतिवेदन पेस गर्नुहुँदै कार्यवाहक प्रमुख आयुक्त डा। गणेशराज जोशीले सुशासनसम्बन्धी राज्यले लिएका नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको बताउनुभयो ।

भ्रष्टाचारविरुद्धका कार्यमा सबै पक्षको सहकार्य आवश्यक भएको डा। जोशीको भनाइ छ । साभारः गोरखापत्र

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.