पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यसै हप्ताको सुरुमा भएको प्रतिनिधि सभाको विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउँदै भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहिबार प्रतिक्रिया जनाएका हुन्।
यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा ’एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको’ भन्ने प्रतिक्रिया दिएका थिए।
ADVERTISEMENT
तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया जनाएको थिएन ।
Discussion about this post