पोखरा ।
गण्डकी प्रदेशमा बिहिबार थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३२६ वटा स्वाबका नमुना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वस्थ्य निर्देशनाल गण्डकीले जानकारी दिएको छ । सोही समयमा ५२ जना संक्रमण मुक्त भएका छन् । भने, थप ३ संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १४ हजार २४२ पुगेको सरकारी तथ्याङक छ । ती मध्य १२ हजार २५६ ले कोरोना जितेका छन् । भने, १९१ संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्याङक छ ।
हाल आइसोलेसनमा रहनेको संख्या १ हजार ७९५ छ । जसमध्य १ हजार ६१५ जना होमआइसोलेसनमा छन् । संक्रमितमध्य कास्कीमा १२ सय ७० छन् ।
प्रतिक्रिया लेख्नुहोस् :