पोखरा ।

ओली सरकारलाई सामाजिक आर्थिक रूपान्तरणको नायकका रूपमा स्थापित गर्ने निर्णय गर्दै केपी ओली नेतृत्वको नेकपाको दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
बैठकले विभिन्न १६ बुँदे प्रस्तावहरु पारित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बैठकले स्वागत गरेको छ। साथै पार्टीको सम्पूर्ण ध्यान र गतिविधि आगामी वैशाखमा हुने निर्वाचनमा केन्द्रित गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकबाट पारित १६ बुँदे प्रस्तावमा ‘सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने बताउँदै भनिएको छ, ‘ती कार्यहरुलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्यहरु गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने संकल्प गर्दछ ।’ उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :