पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली पक्षले थप गरेका केन्द्रीय सदस्यहरुले पद अस्विकार गर्ने क्रम जारी छ ।
यसै क्रममा कास्कीबा केन्द्रीय सदस्य मनोनित दलबहादुर गुरुङले पनि ओली पक्षको केन्द्रीय सदस्य अस्विकार गरेका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै गुरुङले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै उनको असंबैधानिक कदमलाई साथ दिन नसक्ने प्रष्टाएका छन् ।
आफू सुंधै विधि र पद्धतिको पक्षपाति भएकोले केन्द्रीय सदस्य पद स्विकार गर्न नसक्ने र एकीकृत कम्युनिष्ट पार्टीको पक्षमा लागेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘म सधैं विधि र विधानसम्मत संचालित एकतावद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको अवगत गराउँदै मलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको निर्णय अस्विकार गरेको बेहोरा सबैमा अवगत गराउँछु’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस् :