Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

नारायणकाजी विरुद्ध प्रधानमन्त्री ओलीको खिसिटिउरी ‘न जनयुद्ध लडेको, न जनआन्दोलनमा छ, उसकै संयोजकत्वमा आन्दोलन अरे !’

by केन्द्र खबर
२०७७, ९ पुष बिहीबार १७:०९
0
नारायणकाजी विरुद्ध प्रधानमन्त्री ओलीको खिसिटिउरी ‘न जनयुद्ध लडेको, न जनआन्दोलनमा छ, उसकै संयोजकत्वमा आन्दोलन अरे !’
45
SHARES
83
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

’
काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समुहले १४ पुसमा गर्ने भनिएको आन्दोलन र आन्दोलन परिचालन समितिको संयोजकमा उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ तोकिएको भन्दै खिसटिउरी गरेका छन् । बिहीबार दिउँसो आफ्ना पक्षका केन्द्रीय कमिटी सदस्यको बालुवाटारमा भएको बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलन र प्रवक्ता श्रेष्ठको खिसिटिउरी गरेका हुन् ।

प्रचण्ड-नेपाल समूहको आजै बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध पुस १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। आन्दोलन परिचालन समितिको संयोजकमा उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। ‘न जनयुद्ध लडेको, न जनआन्दोलनमा छ। उसकै संयोजकत्वमा आन्दोलन अरे। प्रचण्ड र बादल खुला रहँदा पनि नारायणकाजी पर्दाभित्रबाट अन्तर्वार्ता दिन्थे,’ ओलीले भने, ‘उसकै नेतृत्वमा आन्दोलन अरे। खुट्टी हेर्दै चाल पाइयो ’

ADVERTISEMENT

उनले आन्दोलन गर्नुको औचित्य पनि नभएको बताए। ‘आन्दोलन किन गर्ने, चुनावमा जान किन डराको ? टाउको ठूलो भए पनि जनमत छैन। त्यही भएर संसद पुनर्स्थापना गरेर जालझेल गरेर आशीर्वाद लिएर खान पाइन्छ कि भन्ने छ,’ उनले भने।

प्रचण्ड र नेपालले राष्ट्रका हितलाई कुठाराघात गर्न खोजेकाले उनीहरूको भ्रममा नपर्न पनि उनले आग्रह गरे। मध्यावधि चुनाव भए पनि यो व्यवस्था नजाने ओलीको कथन छ।

प्रधानमन्त्री ओलीले पाँच वर्षअघि आफ्नो नेतृत्वमा बनेको सरकार पनि प्रचण्ड र माधवकुमार नेपालले गिराएको बताए । ओलीले अहिले पनि उनीहरू नै आफ्नो सरकार हटाउन लागि परेको बताए।

‘सरकारको पक्षमा कहिल्यै बोलेनन्, राष्ट्रको पक्षमा बोलेनन्। भूमिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाइयो,’ ओलीले भने, ‘पहिला पनि संविधान बनाएबापत्, नाकाबन्दीको सामना गरेबापत्, एउटा देशसँग मात्रै भएकोमा अर्को देशमा समेत समुन्द्र पुग्ने ढोका खोलेबापत मलाई हटाउन यिनीहरू नै लागेका थिए। अहिले पनि कुनातिर गएर साउती मारेर झुत्तो बनाएर लागेका छन् ।’

उनले आफूलाई नेकपाको अध्यक्षबाट हटाउने कुरा तमासा भएको जिकिर गरे। ‘पहिले प्रस्ताव अरे, अहिले त अध्यक्षमाथि स्पष्टिकरण अरे, प्रथम अध्यक्षलाई स्पष्टीकरण अरे, यो कुन तमासा हो ?,’ ओलीले भने,‘अहिले त पार्टीबाटै निकाले अरे भन्ने सुन्दैछु। कसैले लहड्मा निकाल्यो अरे। चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो ?’ उनले सोधेका छन् ।

 

 

सम्बन्धित समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’
राजनीति

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार
अन्तराष्ट्रिय

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे
अन्तराष्ट्रिय

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै
शीर्ष खबर

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ
अपराध

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो
समाचार

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

Discussion about this post

ताजा समाचार

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

नेपाल-भारत सम्बन्ध: दुई देशबीच ‘सीमा विवादबारे कुरा उठ्यो’, खोपका विषयमा भारतबाट ‘आशा अनुरूपको आश्वासन’

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

कोरोना भाइरस ब्रजिल: अस्पतालमा अक्सिजनको चरम अभाव, कोभिड-१९ का बिरामीलाई उपलब्ध गराइदिन गुहार

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

इन्डोनेशिया भूकम्पः अस्पताल पनि भत्कियो, भग्नावशेषमा कम्तीमा आठ जना मृत फेला परे

नेपालका जलपन्छी गणना गरिँदै

चितवनमा चरा गणना सम्पन्न

गाँजा सहित दुई युवा पक्राउ

सात वर्षपछि फरार अभियुक्त पक्राउ

प्रचण्ड पत्नी सीता दाहाललाई  उपचारका लागि भारत लगियो

प्रचण्ड पत्नी सीतालाई स्वदेश फर्काइयो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.