पोखरा ।
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
तनहुँ र स्याङ्जाका एकएक संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा तनहुँ, म्याग्दै गाउँपालिका–५ का ७३ वर्षीय पुरुष र स्याङ्जा, फेदिखोला गाउँपालिका–१ क ७४ वर्षीय महिला छन् ।
ADVERTISEMENT
योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९० पुगेको छ ।
Discussion about this post