पोखरा ।
गण्डकी प्रदेशमा बुधबार १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३४२ वटा स्वबका नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३८ जना संक्रमण मुक्त भएका छन् ।
ADVERTISEMENT
हालसम्म प्रदेशभर संक्रमण हुनेको संख्या १४ हजार १८५ पुगेको छ । ती मध्य १२ हजार २०४ जना संक्रमण मुक्त भएका छन् । भने, १८८ जनाको मृत्यु भएको छ ।
आइसोलेसनमा रहनेको संख्या १ हजार ७९३ छ । जसमध्य १ हजार ५९७ जना होम आइसोलेसनमा छन् । आइसोलेसनमा रहेका मध्य १ हजार २५० कास्कीका हुन् ।
Discussion about this post