पोखरा ।
काठमाडौँ — काठमाडौंमा जारी नेकपाको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपाललाई चयन गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए ।
आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष प्रचण्ड र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् ।
बैठकमा अर्का अध्यक्ष प्रचण्डले विधानको व्यवस्थाअनुसार नेपाललाई अध्यक्ष बनाइएको बताएका थिए । ‘पहिले पनि आलोपालोको मान्यता थियो । तर, ओलीको एकाधिकारवादी व्यवहरका कारण त्यो भएको थिएन । अब हामी मिलेर अगाडि जानेछौं, बैठकमा प्रचण्डले भनेका थिए ।
पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ ।
Discussion about this post