• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

पोखरामा १७ करोडको ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट’ परियोजना सुरु

in अर्थ, पर्यटन, शीर्ष खबर
२०७७, ७ पुष मंगलवार १७:१५
0
पोखरामा १७ करोडको ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट’ परियोजना सुरु
8
SHARES
15
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

ads
×

पोखरा ।
पोखरा, ७ पुस। उद्योग र व्यवसायीलाई आबश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्धेश्यसहित एक नयाँ परियोजनाको पोखरामा आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजना अनुरुप गण्डकी प्रदेशमा मंगलबार सुरु गरिएको हो । परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल तथा निर्माण व्यवसायी महासंघको संयुक्त साझेदारीमा परियोजना संचालन हुने छ । युरोपियन युनियनले आर्थिक सहयोग गर्ने छ भने वृटिस काउन्सिल अन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसिप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने जनाइएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घटान गरेका थिए । सो अवसरमा बोल्दै उनले परियोजना दक्ष र आबश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने भन्दै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आबश्यक पर्ने हो त्यो उनीहरुले भनिदिनुपर्ने र सरकार तथा सम्बन्धित कलेज, युनिभर्सिटी वा तालिम केन्द्रले सो अनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने भनाई उनले राखे ।

नेपाल सरकारद्वारा स्वकीकृत यस परियोजनाको कार्य अवधि १४ महिना रहेको र कूल बजेट १७ करोड ९० लाख ११ हजार सात सय ३३ रुपैयाँ रहेको परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले जानकारी दिए । पेशागत बर्गिकरण सम्बन्धि स्ट्याण्डर्डको विकास गर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आबश्यकता अनुसार शीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने उद्धेश्य पनिे रहेको छ ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमा नै रोक्न र आबश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गरे । संघ उक्त परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो ।

यसैगरी होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग हुने भन्दै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार आफ्नो संस्थाले सधैं काम गर्ने भनाई राखे ।

कार्यक्रममा साना तथा घरेलु उद्योग माहसंघ गण्डकीका अध्यक्ष हरिहर थापा, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राजेन्द्र पहारी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं परियोजना कार्यान्वयन समितिका सदस्य सुमित केडिया, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव रामचन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।

सम्बन्धित समाचार

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई
शीर्ष खबर

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

‘फेवातालको पानी अझै एक मिटर घट्न सक्छ’
अर्थ

विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

जेल बस्दा चाणक्य नीति पढेछन्, ओलीलाई सकुनीको भूमिका खुबै मन पर्दोरहेछ : प्रचण्ड
शीर्ष खबर

जेल बस्दा चाणक्य नीति पढेछन्, ओलीलाई सकुनीको भूमिका खुबै मन पर्दोरहेछ : प्रचण्ड

नेकपाका दुबै समूह अब आफ्नै सांसद तानातानमा केन्द्रित
शीर्ष खबर

नेकपा विवादः संसदभित्रको प्रकृया झन् जटिल बन्ने निश्चित

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्डलाई प्रश्न: अबको प्रधानमन्त्री शेरबहादुर कि तपाईँ ?

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.