पोखरा ।
नेलम्बो नेपालले पोखरा महानगरपालीका वडा नं. ३ मा रहेका तीन वटा सामुदायिक विद्यालय र वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

बाल मन्दिर माध्यमिक विद्यालय, ज्ञान भूमि माध्यमिक विद्यालय, कन्या माध्यमिक विद्यालय र वडा नं. ३ वडाकार्यालयलाई ति सामग्री प्रदान गरिएको हो ।
कोभिड–१९ प्रभावको वर्तमान परिस्थितिमा विद्यालयमा अध्ययन अध्यापन सञ्चालन गर्न मद्दत पुगोस् भन्ने हेतुले र वडामा नागरिक सेवामा खटिने कर्मचारीको मनोवल उच्च राखन यस्ता सामग्री प्रदान गरिएको नेलम्बो नेपालले जानकारी दिएको छ ।
उक्त अवसरमा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले थर्मल गन, पेडियाट्रिक माक्स, डिस्पोजिवल माक्स, केएन—९५ माक्स, फेस सिल्ड, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर, स्प्रे वोतल, हात धुने साबुन लगायतका स्वास्थ्य सामग्री वडा अध्यक्ष रवीन्द्रबहादुर प्रजु र विद्यालयका प्रधानाध्यापकहरुलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । त्यसै गरी वडाकार्यालयलाई पनि केही स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको होे ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले नेलम्बो नेपाल कोभिड—१९ को समयमा दिनहुँजसो विभिन्न कार्यक्रम लिएर जनसमुदायमा पुगेको र नेलम्बोको दायित्व पनि समुदायमा पुगि सक्दो सहयोग गरी हौशला बढाउने रहेको बताए । नेलम्बो नेपालको नियमित कार्यक्रम शिक्षा, स्वास्थ्य र वातावरण रहेको र कोभिड—१९ को महामारीमा यी तीनै क्षेत्र मारमा परेको हुदाँ नेलम्बो नेपालले विशेष कार्यक्रमका साथ आफ्ना कार्यहरुलाई निरन्तरता दिई कोभिड—१९ रोगको रोकथाम, नियन्त्रण, व्यवस्थापन र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताए । उनले शिक्षण संस्थामा परिवर्तन ल्याउनकोलागि शिक्षक, विद्यार्थी, अभिभावक रविद्यालय व्यवस्थापन समिति सवैको एैक्यवद्धतामा मात्र सम्भव रहेको औल्याए ।
सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष रवीन्द्र बहादुर प्रजुले नेलम्बो नेपालको यो सहयोग पहिलो मात्र नभई यस वडामा पटक—पटक सहयोग गरेको प्रति आभार व्यक्त गरे । उनले नेलम्बो जस्ता सक्रिय संघ संस्था संख्यात्मक रुपमा भन्दा पनि गुणत्मक कार्यमा लगनशिल हुने हो भने थोरै संख्याले पनि उल्लेखनिय कार्यगर्न सक्ने बताए ।
उक्त कार्यक्रममा बालमन्दिर माध्यमिक विद्यालयलाई ३० हजार ९०० ज्ञानभूमि माध्यमिक विद्यालयलाई १६ हजार रुपैयाँ र कन्या माध्यमिक विद्यालयलाई १५ हजार ८१५ रुपैयाँ र वडा कार्यालयलाई ७ हजार २२५ रुपैयाँ गरी जम्मा ६९ हजार ९४० रुपैयाँ बरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।
उक्त कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमको स्वागत मन्तव्य बाल मन्दीर माध्यमिका विद्यालयका प्रधानाध्यापक शुशिल बस्नेतले गरेका थिए भने कार्यक्रम संचालन वडा सचिवले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् :