काठमाडौं ।
संसद विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रित दर्ता भएको छ ।

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
आइतबार राष्ट्रपतिले संसद विघटन गरेपछि कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए ।
सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकामा सोमबार दिउँसो १ बजेसम्म थप १० वटा रिट पेश भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
अहिलेसम्म १३ वटा रिट पेश भएका छन्, हामी अहिले अध्ययन गरिरहेका छौं, अध्ययन गर्दा कति रिट दर्ता हुन सक्लान्, कति नसक्लान’ उनले भने ।
ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :