• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

कोरोना कहरमा पनि  निरन्तरता पाउँदै केही महोत्सव,  लिटरेचर फेष्टिभल भर्चुअल माध्यमबाट हुने

in अर्थ, पर्यटन, फोटो, मनोरञ्जन, शिक्षा, समाचार, समाज
२०७७, ४ पुष शनिबार १९:५०
0
कोरोना कहरमा पनि  निरन्तरता पाउँदै केही महोत्सव,  लिटरेचर फेष्टिभल भर्चुअल माध्यमबाट हुने
27
SHARES
50
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

ads
×

पोखरा ।
विगतका वर्षहरुमा यतिबेलासम्म पोखरा र यस आसपासका बासिन्दा धेरै महोत्सवमा सरिक भइसकेका हुन्थे । कतिपय उस्तै प्रकृतिका महोत्सव, उस्तै प्रकृतिका नाचगान र कलाकारका कुरा सुन्दा नयाँपन नभएको टिप्पणी हुन्थ्यो । एउटै प्रकृतिका महोत्सव धेरै नगरेपनि हुनेथियो भन्ने नै परेको थियो । जेजसो भएपनि ति महोत्सवले अर्थतन्त्र चलायमान गराएका थिए र चिसो मौसमलाई तताईरहेका थिए । तर, यसपाली कतै महोत्सव भइदिए हुन्थ्यो भन्ने भावना सबैमा पलाएको छ । कोरोना कहरका बीचमा पनि पोखरामा केही महोत्सव भने हुनेभएका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा विगतमा जस्तै यस वर्षपनि रेवान पोखराले सहडक महोत्सव मनाउने भएको छ । विगतमा पाँच दिन हुने सडक महोत्सव यस वर्ष तीन दिन हुने भएको छ ।

पछिल्ला वर्षमा पोखरामा हुने सबै भन्दा फरक र ज्ञानगुन बाँड्ने अनि साहित्य, राजनीतिको समिक्षाका साथै भावी दिनहरुको समेत दिशानिर्देश गर्ने अर्को एउटा महोत्सव ‘लिटरेचर फेस्टिबल’ले यस वर्षपनि निरन्तरता पाउने भएको छ । यस वर्षको संस्करण महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र युवा वक्तालाई राजनीति, साहित्य एवमं समाजका अन्य पाटासँग जोडेर भर्चुवल माध्यमबाट हुने भएको हो । महोत्सवका निर्देशकलाई अजित बरालका अनुसार यस पालिको संस्करण पहिलाका संस्करण भन्दा धेरै फरक हुने छ । वक्तामा धेरै युवा समेटिने छन् । आयोजक बुकवर्मले यस संस्करण कोभिड महामारीलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट गर्ने तयारी गरेको छ । निर्देशक बरालले अहिले युवालाई प्राथमिकता दिएर भर्चुवल माध्यमबाट महोत्सव गर्ने जानकारी दिए ।

यसवर्ष धेरै पृथक तरिकाले आयोजना महोत्सव आयोजना गरिने बरालको भनाइ छ । शनिबार महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले लेखकलाई पाठकसँग ‘कनेक्ट’ गराउन महोत्सव प्रभावकारी भएको र महोत्सव विचार उत्पादनको थलो बनेको बताए ।

पोखरालाई साहित्यिक पर्यटनको सहरका रुपमा चिनाएको नेपाल लिटरेचर फेस्टिबल यही पुसको १४ र १५ गते आयोजना गरिँदैछ । पुस १३ मा फेस्टिबलको शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदिप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुनेछ । यस वर्ष भने कोरोनाका कारण महोत्सव२ दिनमात्र आयोजना हुनेछ ।

२०११ मा काठमाडौंमा सुरु भएको महोत्सव २०१६ देखि पोखरामा हुँदै आएको छ । यसअघिका संस्करण लेकसाइडमा हुने गरेकोमा यस संस्करण सराङकोटमा आयोजना हुने छ । सर्वसाधारणको उपस्थिति बिना आयोजक पक्ष सराङकोटमा रहने र भर्चुअल रुपमा महोत्सव चलाइने महोत्सवका कार्यकारी निर्देशन नीरज भारीले बताए ।

आयोजक पक्षकै र्‍याण्डम रिडर्स कर्नरका अध्यक्ष केशव शरण लामिछानेले पोखरालाई साहित्य जात्राका सहरमा चिनाउन लागिएको बताए । महोत्सवले पोखरालाई पर्यटकीय सहरको मात्र नभई साहित्य जात्राको सहरका रुपमा स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो ।

फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहनेछन् । सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति भने रहनेछैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन् । नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहनेछन् ।

यस संस्करणमा उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, राजकुमार बानियाँ, निश्चल बस्नेत, आयुसी केसी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्री किरण गुरुङ, यज्ञश, निरन्जन कुँवरलगायत वक्ता उपस्थित हुनेछन् ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव
समाज

पन्ध्र दिनदेखि बेपत्ता दम्पती अझै भेटिएनन्

राष्ट्रपति भण्डारीद्धारा जो बाइडेनलाई बधाई, द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास
समाचार

महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ

जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैनः  देउवा
समाज

महिला हिंसाका घटनाबाट देश मुक्त हुन सकेको छैन : सभापति देउवा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.