Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

प्रचण्ड निवास र मन्त्री निवास किन पुगे प्रधानमन्त्री ओली ? तर, यस्ता छन् टिप्पणी

by केन्द्र खबर
२०७७, ४ पुष शनिबार १८:२७
0
प्रचण्ड निवास र मन्त्री निवास किन पुगे प्रधानमन्त्री ओली ? तर, यस्ता छन् टिप्पणी
22
SHARES
41
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
पछिल्लो समय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा नै भेटवार्ता हुनेगरेका हुन् । तर, शनिबार प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुगे । प्रधानमन्त्री ओली खुमलटार पुग्दा धेरैले यसलाई ‘सरप्राइज’को रुपमा लिए । कतिपयले प्रधानमन्त्री ओली अब सबै विकल्प सकिएपछि र राष्ट्रपति विद्या भण्डारीले समेत साथ नदिएपछि प्रचण्डको शरणमा पर्न पुगेको पनि विश्लेषण गर्न भ्याए ।

यसलाई केहीले प्रधानमन्त्रीको सकारात्मक प्रयास पनि भनेका छन् भने, केहीले प्रधानमन्त्री ओलीको आग्रहमा उपाध्यक्ष बामदेव गौतमले भेटघाटको तालिका मिलाएको र मध्यस्थता गरेको पनि बताएका छन् । पछिल्ला घटनाक्रमका आधारमा यस्ता जेजस्ता टिप्पणी भएपनि यो भेट पूर्व निर्धारित रहेको प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड निकट स्रोतले प्रष्टाई सकेका छन् । त्यतिमात्र होइन उनीहरुले ‘यो बालुवाटारको भेटको निरन्तरता नै हो,’ भनेका छन् । अझ प्रचण्डको सचिवालयले यो भेटलाई वालुवाटारको जस्तै मात्र नभएर ‘कुराकानी पनि बालुवाटारमै जस्तो’ भनेर पुष्टि गरेको छ ।

यसले प्रष्ट पारेको कुरा हिजो बालुवाटारमा जसरी प्रचण्डले प्रधानमन्त्रीलाई भेट्थे र कुराकानी हुन्थ्यो, त्यसरी नै प्रधानमन्त्रीले खुमलटारमा प्रचण्डलाई भेटे र कुराकानी गरे । त्यस लगत्तै प्रधानमन्त्रीले पुलचोक स्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई निवासमै भेटेका छन् ।

ADVERTISEMENT

पछिल्लो समय प्रधानमन्त्री कार्यालय समेत नगएका र पार्टीको बैठक धुम्बराहीमा राख्दा सुरक्षा कारण देखाउँदै उपस्थित नभएका प्रधानमन्त्री ओलीले आफैले विगतका देखाउने गरेका कारण केही होइनन्, ति देखाउने कुरामात्र थिए भन्ने प्रष्ट सन्देश दिएका छन् । यसका साथै भोलीका दिनमा प्रधानमन्त्री ओलीले प्रचण्ड सहित नेताहरुको घर-घरमा धाएर एकताका लागि आग्रह गरेको भन्ने सन्देश पनि एक साथ दिन खोजेको उनी निकट स्रोतले बताएको छ । प्रधानमन्त्री निकट एक स्थायी समिति सदस्यले पार्टी एकता जोगाउन बालुवाटार गएर प्रधानमन्त्रीलाई आग्रह गरिरहेका छौं भन्ने प्रचण्ड नेपाल समुहका लागि प्रधानमन्त्री ओलीको शनिबारको भेटले जवाफ दिएको बताए । ‘प्रधानमन्त्री ओली सकेसम्म पार्टी एकता जोगाउन चाहनुहुन्छ र नेताहरुको  घर-घरमै पुगेर प्रयास गरिरहनु भएको छ भन्ने यसले प्रष्टिएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टी र सरकार दुबै प्रधानमन्त्री निवास बाटै चालाएको आरोप खेपेका छन् । नेकपाको सचिवालय मात्र होइन, स्थायी समितिको बैठक पनि बालुवाटारमै बसेका छन् । ओलीका गुट भेला पनि बालुवाटारमा नै हुनेगरेका छन् ।
प्रचण्ड निवासमा नेकपाका वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल सहित उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको बाक्लै उपस्थिति हुनेगरेको छ । प्रचण्ड–नेपाल गुटको अधिकांस रणनीति नै यहीँबाट बन्ने गर्छ ।

प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षका नेता पुग्दा ओलीकै सन्देश लिएर मात्र पुग्ने गरेका छन् । यस्ता सन्देश सुनाउन र आग्रह गर्न पुग्नेमा पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र सचिवालय सदस्य ईश्वर पोखरेल बाक्लै पुगेका छन् । कहिलेकाहीँ ओलीको सन्देश बोकेर स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि पुग्ने गरेका छन् ।

प्रधानमन्त्री ओली समुहले वरिष्ठ नेताहरु नेपाल र खनालसहित नेपाल समुहलाई प्रचण्डको पुच्छर बनेको आरोप समेत लगाउने गरेको छ । प्रचण्ड निवासमा आफुहरु पुग्नुलाई नेताहरुकोमा पुग्नु रहेको रुपमा नेकपा स्थायी समिति सदस्य भीम रावलले अथ्र्ययाएका छन् । रावलले ट्वीटरमा लेखेका छन्, ‘विहान प्रम केपी ओलीजी प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ । वामदेवजीको उपस्थितितिमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लक्क अफ्रिदै पुच्छर भए भन्नेहरु अबत चुप लाग्छन् कि ? नेताहरु बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो । सहमति नभए विधिबाट समाधान खोज्नु पर्छ ।’

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.