काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्डकै निवासमा पुगेका छन् । नेकपाभित्रको विवाद उत्कर्षमै रहेका बेला ओली आफैं प्रचण्डलाई भेट्न पुगेका हुन् ।

पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उनलाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका ओलीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
प्रतिक्रिया लेख्नुहोस् :