पर्वत ।
सेवाग्राहीले मालपोत कार्यालय पर्वतमा तोडफोड गरेका छन् ।

पर्वत, जलजला गाउँपालिका–३ का वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश तोडफोड गरेका हुन् ।
मालपोत कार्यालयमा खुलेर काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्री आक्रोसीत हुदै तोडफोडमा उत्रेका थिए ।
मालपोत कार्यालय पर्वतका पमुख मुकुन्द लामिानेले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई गाली गर्दै एक्कासि तोडफोड उत्रेको जानकारी दिए ।
खत्रीले कार्यलयका कागजात च्यातेका छन् । कार्यालयका विभिन्न शाखामा प्रवेश गरी तोडफोड गरेका आरोपमा उनलाई प्रहरीले नीयन्त्रणमा लिएको छ ।
मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए ।
खत्रीे कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत सामाग्री र महत्वपूर्ण कागजातमा क्षति पुगेको छ।
प्रतिक्रिया लेख्नुहोस् :