पोखरा ।
गण्डकी प्रदेशमा विहिबार ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३८८ वटा स्वाबका नमूना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा १४९ जना संक्रमण मुक्त भएका छन् । विहिबार थप एक संक्रमितको मृत्यु भएको छ ।
ADVERTISEMENT
प्रदेशभर हालसम्म संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ६६५ छ । जसमध्य ११ हजार ९१४ जना संक्रमण मुक्त भएका छन् । भने कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएको छ ।
हाल आइसोलेसनमा रहनेको संख्या १ हजार ५६४ छ । जसमध्य १ हजार ४५६ जना होमआइसोलेसनमा छन् ।
Discussion about this post