• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दै

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, २९ मंसिर सोमबार ०७:३०
0
प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दै
43
SHARES
80
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

ads
×

प्रमुख प्रतिपक्षी कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक तातिएर सडक प्रदर्शनमा उत्रिएका थिए ।

कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका साथ आज सरकारका विरुद्ध शक्ति प्रदर्शन गर्ने कार्यक्रम बनाएको हो ।

कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

सरकारले अलोकतान्त्रिक क्रियाकलाप गरेको र लामो अन्तरालपछि गठन भएको स्थिर सरकार भए पनि जनताको अपेक्षाअनुरूप काम गर्न नसक्दा निराशा छाएको र प्रतिगामी शक्तिसमेत सल्बलाएको भन्दै सर्वसाधारण नागरिकलाई समेत सडक प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताए ।

‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुन सक्छ रु’ देउवाले प्रश्न गरेका छन् । कांग्रेसले ७७ वटै जिल्लाका लागि केन्द्रबाटै नाराहरूसमेत तयार गरेर पठाएको छ ।

कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा कुनै पनि जिल्लामा प्रतिनिधि पठाएको छैन । तर, शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् । सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

कहाँ कुन नेताले सम्बोधन गर्ने ?

वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गर्ने कार्यक्रम छ । महोत्तरी जाने तयारीमा रहेका नेता कृष्णप्रसाद सिटौला भने कोरोना पजिटिभ भएपछि होम आइसोलेसनमा छन् ।

यस्तै, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित समाचार

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न
समाचार

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान
समाचार

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी
समाचार

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान
समाचार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

सीता आधारभुत विद्यालयको ६५ औ वार्षिकोत्सव सम्पन्न

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.