पोखरा, २७मंसिर
गण्डकी प्रदेशका ३८ वटा स्थानीय तहले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग भूमि सम्बन्धी समस्या समाधान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । पोखरामा शनिबार अन्र्तक्रिया सहितको कार्यक्रममा ती स्थानीय तहले सझदारी पत्रमा हस्ताक्षर गरेका हुन्
भूमिहिनको समस्या बढी भएका स्थानीय तहसँग समझदारी गरिएको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार देशभरका १८७ वटा स्थानिय तहसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने लक्ष्य अनुरुप हालसम्म प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशसँग गरेर १ सय वटा स्थानिय तहसँग सम्झौता भइसकेको बताए ।
उनका अनुसार अब ५ नम्बर प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशसँगपनि पुस २ गतेसम्ममा सम्झौता पत्रमा हस्ताक्षर गरिसक्ने बताए ।
अध्यक्ष ज्ञवालीले विगतका आयोग र अहिलेको आयोग गठनको आधार नै फरक रहेकाले समयमै काम सक्ने प्रतिवबद्धता जनाए । सबै स्थानीय तहले स्थानीय स्तरमा अन्र्तक्रिया गर्ने, लगत संकलन गर्ने र वास्तविकता छिट्टै आयोग समक्ष पठाउन उनले आग्रह गरे ।
Discussion about this post