पोखरा ।
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाले निर्माण सुरु गरेको भवन निर्माणको कार्यलाई पूर्णता दिन पोखरामा रहेका विभिन्न सहकारीहरुले समेत साथ दिएका छन् ।
यसैक्रममा शनिबार मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ । उक्त सहकारीको सातौं वार्षिक साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष रमण पौडेलल रेडक्रस कास्कीका उपसभापति डण्डराज पौडेललाई नगद चेक हस्तान्तरण गरेका हुन् ।
रेडक्रस कास्कीका उपाध्यक्ष पौडेलका अनुसार भवन निर्माणका लागि ७ करोड ३२ लाख लाग्ने छ । त्यसका लागि संघीय सरकारले एक करोड र प्रदेश सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने छन् । बाँकी रकम जनप्रतिनिधि र रेडक्रसलाई मायाँगर्ने संघसस्था र व्यक्तिहरुसंग हातेमाले गर्दै जुटाउने काम भइरहेको छ ।
उपाध्यक्ष पौडेलले पोखराका सहकारीले पनि रेडक्रस भवन निर्माणका लागि चासो राख्दै सहयोग गरिरहेको जानकारी दिए । उनले सहयोग प्रति मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाप्रति आभार प्रकट गरेका छन् ।
पोखराको सिर्जना चोकमा अत्याधुनिक सेवासहितको रक्तसञ्चार केन्द्र र रेडक्रसका सबै गतिविधि सञ्चालन समेत सोही भवनबाट सञ्चालन गर्ने गरी निर्माणको काम भइरहेको छ ।
Discussion about this post