पोखरा ।
सञ्चारकर्मी दुर्गा अधिकारीको लेख संग्रह ‘समाज सञ्चार र राजनीति’ शुक्रबार बिमोचन गरिएको छ ।
लेख संग्रहको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले एक कार्यक्रमबा बीच विमोचन गरेका हुन् । बिमोचन पस्चात बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पुस्तक वर्तमान अवस्थाको राजनीति, समाज र सञ्चार क्षेत्रले खेलेकोभूमिका बुझ्न पुस्तक सहयोगी बन्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले सञ्चार माध्यममा नकारात्मक सामाचारले धेरै स्थान पाउने गरेका चर्चा गर्दै समाजालाई सकारात्मक प्रभाव पार्ने सामग्री पस्कन आग्रह गरे । ‘सकारात्मक कुरा त समाजमा आइसकेको हुन्छ नी । नकरात्मक कुरारुलाईबाहिर ल्याउनुपर्छ भन्ने जवाफ सुन्ने गरिएको छ । यसमा मेरो असहमति छ,’ उनले भने, ‘समाजलाई फ्रस्टेसन हुने खालका मात्र सामग्री पस्कनु भएन । ’
नकारात्मक सामग्री दिँदा सकारात्मक कुरापनी समावेश नगर्ने हो भने मानिस यसै नकारात्मक उसै नकारात्मक भन्ने तर्फ लाग्न सक्ने तर्फ सचेत रहनुपर्ने उनको भनाई छ ।
पुस्तकको समिक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको लेखन भञ्ज्याङमा पुगिसकेको र चुचुरा चढ्ने काम भने बाँकी नै रहेको बताए । पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपायोगी रहने उनले बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले लेखक दुर्गा अधिकारी सञ्चार क्षेत्र, वर्तमान बानको महासचिवको भूमिका देखि लेखन भूमिकामा समेत सशक्त रहेको धारण राखे ।
लेखक दुर्गा अधिकारीले आफूले विभिन्न समयमा पत्रपत्रिकामा लेखेका लेख र पत्रकारितामा भोगेको अनुभवलाई पुस्तकमा समावेश गरेको बताइन् । समकालिन र अग्रज सञ्चारकर्मी र समाजसेवीहरुको प्रेरणाले नै उक्त पुस्तक सार्वजनि गर्न सफल भएको उनको भनाई छ ।
Discussion about this post