• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

पानीढलो क्षेत्रलाइ समेटेर संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्ने तयारी

in अर्थ, पर्यटन, शीर्ष खबर, समाचार
२०७७, २६ मंसिर शुक्रबार ०७:३८
0
फेवाताल संरक्षणको फैसला : कार्यन्वयन विवरण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश
22
SHARES
40
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
फेवा जलाधार क्षेत्रलाइ समेटेर संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्ने तयारी अगाडि बढेको छ । भू तथा जलाधार संरक्षण समिति कास्की सदस्य सचिव तथा बृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले ताल जोगाउने नेपाल सरकारको प्रतिवद्धता अनुरुप पानी ढलो क्षेत्रलाइृ समेटेर संरक्षित फेवा जलाधार क्षेत्र घोषणा गर्न लागेको जानकारी दिएका हुन् ।

ads
×

समितिले संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारीको क्रममा बिहीबार सरोकारवालासंग गरेको कार्यक्रममा उनले कुनैपनि निकायलको एकल प्रयासबाट ताल जोगाउन नसकिने तर्क गरे । ‘फेवाताल संरक्षण एवं बहुउपायोगका लागि अल्पकाल र दीर्घकालमा गर्नुपर्ने प्रमुख कार्यसहितको एकीकृत व्यवस्थापकीय योजना आवश्यक छ ।’ उनले भने, ‘ राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्रथम, दोस्रो, र तेस्रो चरणमा गर्नुपर्ने कार्यसूची बनाई सम्बन्धित निकायबाट प्रस्ताव गरी कार्यान्वयनमा लैजान सकिन्छ ।’

समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले विगतमा फेवा जलाधार आयोजना, सामुदायिक विकास तथा वन संरक्षण आयोजना, हरियो वन कार्यक्रम, पञ्चासे संरक्षित वन क्षेत्र, जाइका लगायतले फेवाताल जोगाउनका लागि कार्यक्रम गरेको बताए । साना टुक्रे योजनाको कामले प्रभावकारी काम हुन नसकेको उल्लख गर्दै उनले फेवा एकीकृत भू तथा जलाधार योजना आवश्यक रहेको धारणा राखे ।

समितिले बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १ देखि ८ वडा, वडा नम्बर १७ र २२ नम्बर वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसंग तीन चरणमा राय सुझाव लिएको थियो । समन्वय प्रमुख क्षेत्रीले जलाधार क्षेत्रको १२३ वर्गकिलोमिटर क्षेत्रफलको एक लाख ४६ हजार ८६४ जनसंख्याको प्रतिनिधित्व हुनेगरि ११ स्थानमा कार्यक्रम गरेर सुझाव लिएको जानकारी दिए ।

फेवातालको चार किल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिका संयोजक पुण्यप्रसाद पौडेलले सिमांकन भित्र दर्ता भएका जग्गा खारेज गर्ने बताए । मापदण्ड भित्र परेर दर्ता भएका जग्गाको क्षतिपूर्ति दिइने भएपनि दर्ता नभएका जग्गा खारेज हुने उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी नवराज बराल, जलाधार संरक्षण विज्ञ विष्णुप्रसाद पोखरेल, नेकपा कास्कीका विजया सुवेदी, जनता समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ, रष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष चन्द्रबहादुर केसी, राप्रपा कासकीका प्रतिनिधि सिता खड्का, पोखरा महानगरपालिका वडा नम्बर १, २, ३ र १७का वडाध्यक्षहरु क्रमस शारदाकुमारी पराजुली, रामेश्वर मलल, रविन्द्रबहादुर प्रजु र तीर्थराज अधिकारी, पोखरा २२का जनप्रतिनिधि मातृका प्रसाद बराल लगायतले फेवाताल संरक्षणका विषयमा बोलेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)
शीर्ष खबर

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

समानता र अधिकारका लागि लड्दै नेपाली महिला
शीर्ष खबर

समानता र अधिकारका लागि लड्दै नेपाली महिला

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
शीर्ष खबर

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक तीन बजे बस्ने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.