पोखरा ।
गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
कास्कीका तीन र तनहुँका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरा महानगर–१० का ८१ वर्षीय पुरुष, पोखरा महानगर–१३ का ५१ वर्षीय पुरुष र पोखरा महानगर–७ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै तनहु, शुक्ला गण्डकी नगरपालिका–८ का ७४ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
ADVERTISEMENT
योसगै गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ । हालसम्म संक्रमण हुनेको संख्या १२ हजार ९७६ छ ।
संक्रमित मध्य ७ हजार ५६१ जना संक्रमण मुक्त भएका छन् ।
Discussion about this post