• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

कोरोना भाइरस अमेरिकाः बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

in अन्तराष्ट्रिय, राजनीति, शीर्ष खबर, समाचार, स्वास्थ्य/जीवनशैली
२०७७, २४ मंसिर बुधबार ०७:५८
0
जो बाइडनः ’ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन्’
15
SHARES
27
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

ads
×

उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड(१९ को बाटो भने मोड्ने बताए।

उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्।

२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ’१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे।मङ्गलवार नै अमेरिकी नियामकले फाइजररबायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

 

अमेरिकामा खोप के हुँदैछ?
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजररबायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।

यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।

औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ।एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण ’भरपर्दो’ रहेको उल्लेख गरिएको छ।

अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए।

गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए।

पछि उनले बीबीसीसँग अमेरिकी प्रक्रियाले ’यूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेको’ भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए।

एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिसत प्रभावकारी रहेको जनाएको हो।

 

कति सुरक्षित?
तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडिएले जनाएको छ।

पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिसत सुरक्षा दिने उसले जनाएको छ।

र खोपले कोभिड सङ्क्रमित भइसकेकालाई जत्तिकै यस खोपले सुरक्षा दिने बताइएको छ।
उसले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दुःखाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ।

त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ।

तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन।

गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ।

ट्रम्पको कार्यकारी आदेश
राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेशले कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन।

उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको बताए।

उनले धेरैलाई एकसाथ खोप लगाउनका लागि अधिकारीहरू तम्तयार भएर बसेको बताए। समाचार स्रोतः बीबीसी

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
स्वास्थ्य/जीवनशैली

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप
अन्तराष्ट्रिय

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने
राजनीति

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.