पोखरा ।
हाल भारतको झारखण्ड र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा छ ।
दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
ADVERTISEMENT
प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
Discussion about this post