Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

शिक्षण संस्था र वडाहरुमा नेलम्बोको सहयोग निरन्तर

by केन्द्र खबर
२०७७, २१ मंसिर आईतवार १८:४२
0
शिक्षण संस्था र वडाहरुमा नेलम्बोको सहयोग निरन्तर
20
SHARES
37
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेलम्बो नेपालले कास्कीका विभिन्न विद्यालयहरुलाई कोभिड १९ को रोकथाम, नियन्त्रण र सचेतनाको लागि स्वास्थ्य सुरक्षा सामग्री वितरणको कार्यलाई निरन्तरता दिइरहेको छ । आइतबार एक कार्यक्रमका बीच माछापुच्छे« –७ धम्पुस खानिगाऊँमाको जनप्रिय आधारभूत विद्यालय र पोखरा माहानगर पालिका वडा नं. २४ कास्कीकोटलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।

माछापुच्छे« गाउँपालिका वडा नं. ७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालयलाई कोभिड १९ को विषम् परिस्थितिमा पनि विद्यालय सञ्चालन गर्न, सेनिटाइजर, स्प्रे बोतल, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल ग्लोबस्, पकेट सेनिटाइजर, थर्मल गन डिउरा सेल ब्याट्री लगाएतका स्वास्थ्य सुरक्षाका समग्रीहरु नेलम्बो नेपालले प्रदान गरेको छ । नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आश बहादुर विक र प्रधानाध्यापक चुडामणि भण्डारीलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै देवकोटाले उपलब्ध स्वास्थ्य सावधानीका सामग्रीहरुको सही सदुपयोग गर्न आग्रह गरे । नेलम्बो नेपालको कार्य क्षेत्र रहेको उक्त वडामा सहयोग गर्न पाउँदा आफु निकै खुशी रहेको र स्थानीय निकाय, विद्यालय परिवार र समुदाय सक्रिय भई सहकार्य गरेको खण्डमा भविष्यमा सहकार्य गरी थप कार्य गर्न पनि इच्छुक रहेको उनले बताए । नेलम्बो नेपालको उद्देश्य पनि सक्रिय सहभागिता, पिछडीएको समुदाय, र विपन्न वर्गलाई नै सहयोग गर्ने रहेको रहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

उक्त स्वास्थ्य सामग्री ग्रहण गरी धन्यवाद दिँदै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आशबहादुर विकले नेलम्बो नेपालले आफुले सोचे भन्दा पनि राम्रो किसिमका स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको भन्दै धन्यवाद प्रकट गरे ।
नेलम्बो नेपालले पोखरा वडा नं. २४ कास्कीकोटमा पनि डिस्पोजिवल माक्स, के.एन ९५ माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटायजर स्ट्याड, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल ग्लोब्स, थर्मल गन, डिउरासेल ब्याट्री लगाएतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

अध्यक्ष देवकोटा र कार्यक्रम संयोजक डा. कोइराले वडा सचिव कुश्मराज सुवेदीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । वडा सचिव कुस्मराज सुवेदीले नेलम्बो नेपालले आफ्नै कार्यालयको प्राङ्गणमा आएर सामग्री प्रदान गरेको भन्दौ खुशी व्यक्त गरे । उनले उपलब्ध स्वास्थ्य सामग्रीको सही सदुपयोग गरि प्रयोग गर्ने जानकारी दिए ।

जनप्रिय आधारभूत विद्यालय धम्पुसमा १२ हजार ४९० र पोखरा महानगर पालिका वडा नं. २४ कास्कीकोटलाई २५ हजार ७९० रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड
मुख्य समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु
शीर्ष खबर

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन
मुख्य समाचार

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
Uncategorized

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
मुख्य समाचार

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो
मुख्य समाचार

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

Discussion about this post

ताजा समाचार

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त पारिन्छ : प्रचण्ड

एकमहिने माधवनारायण मेला शुरु

एकमहिने माधवनारायण मेला शुरु

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

बुटवलमा प्रचण्ड-माधव समूहको विरोध प्रदर्शन

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचन आयोगले ओली र दाहाल समूहलाई छलफलमा बोलायो

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन: नेपालमा भ्रष्टाचार झन बढ्यो

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.