
पोखरा ।
स्याङ्जाको राङखोलामा शनिबार दुईजना स्रष्टालाई सम्मान गरिनुका साथै रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शिव कुमार अधिकारी प्रतिष्ठान तथा लक्ष्मी स्मृति पुस्तकालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्रष्टा टिकाराम वाग्ले र कपिल अज्ञातलाई नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि त्रिभूवन विश्वविद्यालयका सह–प्रध्यापक पूर्णप्रसाद अधिकारीले सम्मान गरेका हुन् ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा राङखोला लक्ष्मी स्मृति पुस्तकालयका अध्यक्ष समेत रहेका विश्व प्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आस्था पौडेल, नविनकुमार जिसी, किशोरकुमार श्रेष्ठ, सुरजकुमार अधिकारी, बाबुराम सिग्देल, टिकाराम वाग्ले, कपिल अज्ञात, प्रध्यापक यमबहादुर पौडेल, त्रिभूवन शर्मा, पूर्णप्रसाद अधिकारी, अग्निप्रसाद पौडेल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा शिवकुमार अधिकारी प्रतिष्ठानका अध्यक्ष सुबोधकुमार अधिकारीले प्रतिष्ठानले साहित्य, संस्कृति, शिक्षा र राजनितिक विधा समेट्ने गरि अक्ष्यकोषको स्थापना गरिएको जानकारी दिए । पुतलीबजार नगरपालिकाको राङखोलास्थित सुन्तला केन्द्रमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिबप्रसाद पौडेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् :