पोखरा ।
धर्मस्थली बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ५ पर्स्याङको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । १३ मंसिरमा सुरु भएको वार्षिक साधारणसभाको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले साधारणसभाको समापनको अवसरमा बोल्दै निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले सरकारको ३ खम्बे अर्थ नीतिमा निजी र सहकारीको प्रमुख भुमिका रहेको धारणा व्यक्त गरे ।
सहकारीका निवर्तमान अध्यक्ष कृष्णमणि भूर्त्याल , सल्लाहकार तथा कृषि विकास बैंकका संचालक हरिप्रसाद पराजुली, बाराही माविका प्रधानाध्यापक शिव प्रसाद भण्डारी र धर्मस्थली आधारभुत विद्यालयका प्रधानाध्यापक केदारनाथ बराल लगायतले उक्त अवसरमा शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष महेश्वर पराजुलीले, लेखा समितिको प्रतिवेदन लेखा संयोजक राजु सुवेदी लेखापरीक्षण प्रतिवेदन सहित प्रस्तावित बजेट कोषाध्य कृष्ण प्रसाद कोइरालाले प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका शेयर सदस्य एवं प्रमुख अतिथि दामु अधिकारीलाई नेपाल उद्योग बाणिज्य महासंघमा केन्द्रीय सदस्य निर्वाचित भएकामा संस्थाको तर्फबाट सम्मान गरिएको थियो साथै उत्कृष्ट बचत कर्ता शंकरप्रसाद कोइराला र कर्जा कारोवार तर्फ लक्ष्मी अधिकारी र उत्कृष्ट कर्मचारी सुरक्षा गार्ड डिल बहादुर तमाङलाई सम्मान गरिएको थियोे ।
अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायण प्रसाद गौतमले स्वागत र संस्थाको गतिविधी बारे प्रबन्धक कृष्णप्रसाद पराजुलीले प्रकाश पारेका सहकारी सिद्धान्त संचालक सदस्य बदन कुमारी शर्माले वाचन गरेको कार्यक्रम संचालन सचिव शशीराज भूर्त्यालले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् :