
थम्मन थापा
बागलुङ, १५ मंसिर
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गलकोट बागलुङले गलकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । महासंघले रुख कटान तथा बिक्रि वितरण गर्न लागइएको रुख फुकुवा गर्दै उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको महासंघका गलकोट नगर समितिका अध्यक्ष घनश्याम गौतमले जानकारी दिए ।
नेपाल सरकार मन्त्रिपरिषदबाट नै ५ जेठमा वन क्षेत्रबाट काठ कटान ओसार पोसार तथा विक्रीवितरणमा लगाईको प्रतिवन्द महासंघकै पहलमा खोल्न सहमति भएको भएपनि साल बाहेका काठ मात्र खुलाई सालमा निरन्तर प्रतिवन्द रहेकोले देशभरका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी १ करोड ४० लाख उपभोक्ताले आफ्ना दैनिक कामहरु गर्न बञ्चित भएका छन् ।
सालका काठ रोक्का हुँदा समुदायका उपभोक्ताहरुले घर गोठ बनाउन वञ्चित भएका छन । अर्कोतिर सामुदायिक वनले स्थानिय गरिब विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिदा चाडपर्व समेत मनाउन नपाएर दुखदायी अवस्था भोग्न बाध्य भईरहेका छन । त्यस विषम परिस्थितीमा सरकार जनताको सेवक हुनुपर्नेमा उल्टै समुदायले उपभोग गरिरहेको अधिकार समेत कटौती गर्नु लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको भन्दै ज्ञापन पत्र बुझाएको महासंघका सचिव डम्मर बहादुर खत्रीले जानकारी दिए ।
ज्ञापनपत्रमा गत ११ असोजमा निर्णय भए अनुसार उक्त मान्यताले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा विभिन्न कार्यहरु सुरु गरेको भन्ने व्यहोरा अवगत भएतापनि सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वनबाट सालका काठहरुको सदुपयोग तथा बिक्रीवितरणका विषयमा हालसम्म पनि कुनै निर्णय नभई अवरोध सिर्जना भएकोले सो विषयमा यस महासंघको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :