पोखरा, १४ मंसिर ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा निसुल्क स्वास्थ्य सामग्री उपलब्ध भएको छ । नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिकाका ५२ वटा सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । आइतबार नेलम्बो नेपालका अध्यक्ष एकेदव देबकोटाले गाउँपालिकाका उपाध्यक्ष सगुन गूरुङलाई एक कार्यक्रमका बीच ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । लगत्तै ति सामग्री विद्यालयको जिम्मा लगाइएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष गुरुङले प्राप्त स्वास्थ्य सामग्रीले विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारीमात्र नभएर तिनिहिरुका अभिभावक समेत सुरक्षीत गराउन महत्वपूर्ण हुने बताइन् । माक्सको उचित प्रयोग गर्ने र त्यसको व्यवस्थापन पनि अगामि दिनमा सहिढंगले गर्नुपर्नेमा उनले जोड दिइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपालबाट प्राप्त सामग्रीको सहि सदुपयोग हुने बताए । यस अगाडि नेलम्बोले एक व्यक्ति एक माक्स, एक घर एक सावुन र प्रत्येक घरमा जनचेतनामुलक ब्रोसर उपलब्ध गराएकाले गाउँबासीमा सचेतना बढेको उनले जानकारी दिए । अहिलेको सहयोग चौथो चरणको सहयोग रहेको उनले बताए ।
धारापानी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले कोभिड –१९को संक्रमण बढिरहेका बेला सुरक्षा सामग्री कसरी उपलब्ध गराउने भन्ने अन्योलका बीच नेलम्बोको सहयोगले विद्यालय र अभिवावक सबै ढुक्क भएको बताए ।
अन्नपूर्णमा रहेका प्रत्यक सामुदायिक विद्यालयमा थर्मल गन, एक विद्यार्थी आठ माक्स, विद्यालयमा रहेका सबै कक्षा कोठामा स्प्रे, सेनिटाइजर र प्रयाप्तमात्रामा साबुन, शिक्षक र कर्मचारीका लागि भाइचर पनि उपलब्ध गराएको हो ।
अन्नपूर्ण गाउँपालिकामा ५२ सामुदायिक विद्यालय छन् । ति विद्यालयमा तीन हजार ७४४विद्यार्थी अध्ययनरत छन् ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीलाई कोभिड १९को महामारीबाट जोगाउने भूमिका निर्वाह गर्ने अवसर आफूहरुले पाएको बताए । उनले गाउँपालिकाको सिफारिसमा प्रत्यक विद्यालयमा समग्री प्रदान गरिएको जानकारी दिए ।
अध्यक्ष देबकोटाका अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा ५ लाख ८५ हजार ६८५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस् :