• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेकपा सचिवालय बैठक आज, प्रधानमन्त्रीको जवाफी प्रस्ताव पेश हुने, विवाद झनै उत्कर्षमा पुग्न सक्ने

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, १३ मंसिर शनिबार ०७:१७
0
14
SHARES
25
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठकमा पहिलो पटक दुई अध्यक्षका अलग-अलग प्रस्ताव पेश हुँदैछ । यस अघि ३ मंसिरमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई दस दिन चाहिने बताएका थिए। त्यही अनुरुप प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पेश गर्ने प्रस्ताव तयार परेका छन्। २८ कात्तिकको सचिवालय बैठकमा नेकपा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोपपत्र भनेका छन्।

ads
×

प्रचण्डले राजनीतिक रूपमा लगाएको आरोपको जवाफ दिने र फौजदारी आरोप प्रमाणित गर्न चुनौती दिने तयारी प्रधानमन्त्रीको रहेको उनी निकट स्रोतले बताएको छ । ‘राजनीतिक रूपमा लगाएको आरोपलाई प्रधानमन्त्रीले राजनीतिक रूपमै जवाफ दिनुहुन्छ। जुन आरोप फौजदारी छन्, त्यसको राजनीतिक छलफल गरेर हुँदैन’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तैंले भ्रष्टाचार गरिस्, यो गरिस्, त्यो गरिस् भनेर हुने होइन। भ्रष्टाचारबारे त्यहाँ छलफल गरेर हुने नै होइन। न्यायालयको न्यायाधीशलाई बोलाएर यसो गरिस्, त्यसो गरिस् भनेर त्यहाँबाट भन्ने कुरा पनि होइन। फौजदारी कुराको कानुनी बाटोबाट जानुपर्छ। कि प्रमाणित गर्न पर्‍यो, होइन भने यसमा माफी माग्नु पर्‍यो वा आफू कारबाही हुन पर्‍यो।’

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रतिवेदनमा भ्रष्टाचार प्रमाणित गरे आफू जेल बस्न तयार रहेको समेत चेतावनी दिएका छन्। त्यस्तै समाजवाद भनेको परिवार पोस्ने नरहेको भनेर पनि प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन्।

‘संघीयता विरोधी भनेर लगाएको आरोपको त्यही जवाफ दिइएको छ। समाजवादी कार्यक्रम भएन भन्ने कुराको पनि यसकारणले समाजवादी हो भनेर भनिएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तपाईंमा परिवारवाद छ, बुहारी मन्त्री, छोरी मेयर, भतिजो राजदूत बनाउनु समाजवाद होइन भनेर प्रचण्डलाई जवाफ दिइएको छ। हुरीले उडाएका जनताको घरमा छाना हाल्ने, जनता आवास कार्यक्रम नै समाजवाद हो भनेर भनिएको छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीमाथि लगाइएका आरोपको तथ्यसहित जवाफ आउने बताए। नेकपाको ३ मंसिर पछिको यो १० दिनको अबधिलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल पक्षले एक अर्का विरुद्ध दबाबमा राख्ने रणनीतिमै केन्द्रित गरे । यो अबधिमा पार्टीका दुई अध्यक्ष बीचमा एक एक पटकपनि भेटघाट वा कुराकानी भएको छैन । प्रधानमन्त्री ओलीको तर्फबाट उहाँका निकट नेताहरुले शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ट नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई छुट्टाछुट्टै भेटघाट गर्दै अलग-अलग रुपमा प्रस्ताव समेत राखेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
राजनीति

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो
शीर्ष खबर

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
शीर्ष खबर

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.