पोखरा ।
अब कास्कीमा ट्राफिक जरिवाना शुल्क बैकिङ प्रणली मार्फत तिर्नुपर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले र ग्लोबल आई.एम.ई. बैंक सहकार्यमा एक्सटेन्सन काउन्टर संचलनमा ल्याएको छ । काउन्टरको शुक्रबार देखि संचालनमा आएको छ ।
ट्राफिक प्रहरी कार्यलय परिसारमा उक्त काउन्टर स्थापना भएको हो ।
काउन्टरको जिल्ला प्रहरी कार्यक्रलका प्रमुख प्रहरी उपरिक्षक जिवन श्रेष्ठ, गण्डकी ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रभु ढकालले संयुक्त रुपमा काउन्टरको उद्याटन गरे ।
ट्राफिक नियम उल्लंघन गरि जरिवाना तिर्नुपर्नेले उक्त काउन्टमा जरिवाना शुल्क दाखिला गर्नुपर्ने छ । बैंक भौचर ट्राफिक प्रहरी कार्यालयमा बुझाउनु पर्ने छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्रेष्ठले ट्राफिक प्रहरी प्रहरी सेवा थप पारदर्शी भएको बताए ।
Discussion about this post