पोखरा ।
आफ्नै १३ बर्षीया छोरी बलत्कार गर्ने एक ३९ वर्षको व्यक्तिलाई कास्की प्रहरी पक्रेको छ ।
विगत केही वर्षदेखि बलत्कार गरेको उक्त व्यक्तिले पछिल्लो समय यहि ६ मंसिरमा एक होटलमा लगेर छोरीलाई जवरजस्ति अश्लिल फोटो र भिडियो देखाएर बलत्कार गरेका थिए । त्यही जाहेरी प्रहरीमा परेपछि उसलाई मंगलबार प्रहरीले पक्रेको हो ।
हाडनाता करणी कसुरमा कास्की अदालतबाट ७ म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
ADVERTISEMENT
Discussion about this post