Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

पुसदेखि सुरुङ खनिँदै

by केन्द्र खबर
२०७७, १० मंसिर बुधबार ०७:२५
0
पुसदेखि सुरुङ खनिँदै
36
SHARES
66
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ ।

पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उहाँले स्पष्ट गर्नुभयो ।

ADVERTISEMENT

सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन । फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन । पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८/१० दिनपछि सुरुङ खन्ने काम सुरु हुन्छ ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको छ । भण्डारण गरिएको सकिनेबित्तिकै पुनः आयात गरिनेछ । नौ सय टनमध्ये तीन सय टन भारतबाट आयातका लागि नेपाली सेनाले यसअघि नै आयोजनालाई अनुमति दिइसकेको छ ।

दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिने जानकारी दिनुभयो । करिब २।७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ ।

राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ ।

राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ । मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माण निर्धारित समयमै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै उहाँले हरेक दिन चारवटा विस्फोट गराइने जानकारी दिनुभयो । “निर्माणका क्रममा ‘होल’ खनिन्छ र विस्फोट गराइन्छ ।

यो क्रम दैनिक चार पटकसम्म गरिन्छ”, उहाँले भन्नुभयो, “निर्माणलाई निरन्तरता दिन अब कुनै बाधा अवरोध छैन । सुरुङमार्गको निर्माण अब ‘नन स्टप’ अगाडि बढ्छ ।”

निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले व्यवस्थापन गर्ने काम भइरहेको छ । आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला व्यवस्थापन गर्ने काम भइरहेको छ । समाचार स्रोतः गोरखापत्र

सम्बन्धित समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
मुख्य समाचार

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार
अन्तराष्ट्रिय

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्
शीर्ष खबर

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो
अर्थ

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली
अर्थ

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

Discussion about this post

ताजा समाचार

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्‍ने

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

एलेक्सी नभाल्नी: रुसमा विद्रोही नेताको समर्थकको विरोध प्रदर्शनबाट थुप्रै गिरफ्तार

कोरोना भाइरस उपचारः रुसी नागरिकहरू किन स्पुत्निक खोपबारे विश्वस्त हुनसकेका छैनन्

कोरोना भाइरस: खोप के हो? (र अन्य खोपसम्बन्धी प्रश्नका उत्तर)

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

आयात घट्दा पनि राजस्व संकलन वृद्धि !

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

विद्युतीय सवारीसाधन आयात ८८ प्रतिशतले खुम्चियो

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्छ :  प्रधानमन्त्री ओली

चिकित्सा शिक्षा शुल्क नबढाउन प्रधानमन्त्रीको निर्देशन

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.