पोखरा ।
गण्डकी प्रदेशमा थप १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०४ वटा स्वाबका नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा १३८ जना संक्रमण मुक्त भएका छन् ।
हालसम्म प्रदेशभर संक्रमण हुनेको संख्या ११ हजार ३१४ छ । जसमध्य ६ हजार ५४६ ले कोरोना जितेका छन् । भने १४१ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको निर्देशनालयको तथ्याङक छ ।
मंगलबार आइसोलेसनमा रहनेको संख्या ४ हजार ६२७ छ । जसम्य ३ हजार ७०२ जना होमआइसोलेसनमा छन् ।
प्रतिक्रिया लेख्नुहोस् :