Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

दाहालले प्रतिवेदन तल्लो तहसम्म पठाएपछि माधव नेपाल असन्तुष्ट

by केन्द्र खबर
२०७७, ९ मंसिर मंगलवार ०७:३३
0
दाहालले प्रतिवेदन तल्लो तहसम्म पठाएपछि माधव नेपाल असन्तुष्ट
42
SHARES
78
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन्।

‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थियौं तर उहाँले त्यसको जवाफ लिखित रुपमा दिएर फायर खोल्नुभएको हो।

ADVERTISEMENT

यो विषय सचिवालयमै टुंग्याउनुपथ्र्यो तर उहाँ (दाहाल) ले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म पठाउनु उपयुक्त होइन। यो त पार्टी विभाजनकै तहमा जाने कुरा भयो।

यसले राम्रो गर्दैन’, नेपाललाई उद्धृत गर्दै उनी निकट एक नेताले भने। स्थायी कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी हो।

दाहालको यस कदमबाट नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ।

कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष ओलीले कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आएका छन्।

सचिवालय बैठक माग गर्दै कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका प्रथम अध्यक्ष ओलीलाई पत्र लेखेका थिए।

तर ओलीले कात्तिक २५ मा सो पत्रको जवाफ फर्काएका थिए। कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाललगायत पाँचजना सचिवालय सदस्यको तर्फबाट भन्दै कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन पेस गरेका थिए।

त्यसपछि मंसिर ३ मा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रतिवेदनमा लगाइएका आरोपको खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताएका थिए। सोही बैठकमा उनले दाहालको प्रतिवेदनको जवाफ दिने पनि बताएका थिए।

ओलीले जवाफ लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक १३ गते बस्ने गरी स्थगित गरिएको थियो। अब बस्ने बैठकमा ओलीले जवाफी प्रतिवेदन पेस गर्ने बताइएको छ।

विवाद बढिरहेका बेला दाहालले आइतबार साँझ सो प्रतिवेदन छापेर सातै प्रदेश र अन्य कमिटीका सदस्यलाई पठाएका हुन्। त्यसको जानकारी पाएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन्। ‘पार्टी विभाजनको दिशामा जानु हुँदैन।

दाहालले जसरी प्रतिवेदन छापेर तल्लो तहसम्म पु¥याउनु भयो त्यो राम्रो पक्ष हुँदै होइन, पार्टी विभाजनको अवस्थामा पुगेको छैन। यो कदमले पार्टीमा विभाजनको रेखा कोर्न सक्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

यस विषयमा नेपालले दहालको ध्यानाकर्षण गराइसकेका छन्। स्रोतका अनुसार नेपालको आपत्तिपछि आफू त्यसलाई सच्याउन तयार रहेको जवाफ दाहालले दिएका छन्। समाचार स्रोत नागरिक दैनिक ।

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.