कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ ।
छनोट भएका २५ वटा योजना सोमबार पत्रकार भेटघाट मार्फत सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद विन्दुकुमार थापासहित समानुपातिक सांसदहरु कुमार खड्का, प्रभा कोईराला र मीनाकुमारी गुरुङले सार्वजनिक गरेका हुन् ।
प्रत्यक्ष निर्वाचित सांसद थापा र समानुपातिक सांसद खड्काले एक करोड ४५ लाख ६८ हजारको १८ वटा योजना छनौट गरेका छन् । समानुपातिक सांसद कोईराला र गुरुङले सात वटा योजना छनौट गरेका छन् ।
निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमको कार्य विधिमा प्रत्यक्ष निर्वाचित सांसदलाई समानुपातिक सांसद १ भएको क्षेत्र भए ७०/३० प्रतिशतले बजेट बाँडफाँड गर्ने र २ वा सो भन्दा बढी समानुपातिक सांसद भएको क्षेत्र भए ६०/४० प्रतिशत भागवण्डा गरी योजना छनौट गर्नुपर्ने भएकाले सोहि अनुसार योजना छनौट गरिएको सांसद विन्दुकुमार थापाले जानकारी दिए ।
प्राप्त छनौट भएका योजनाहरुको विवरण जस्ताको तस्तै
आर्थिक बर्षः २०७७/०७८ का लागी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने संयोजक माननिय विन्दु कुमार थापा र सदस्य माननिय कुमार खड्काको तर्फबाट रहेका योजना/कार्यक्रमहरु तपशिल बमोजिम रहेका छन् ।
मा. विन्दु कुमार थापा र मा. कुमार खड्काः
क्र.सं सञ्चालन हुने कार्यक्रम/योजनाको नाम सञ्चालन हुने स्थानीय तह विनियोजित रकम रु.
१. बुद्ध मार्गमा नालि सहित बाटो निर्माण पोखरा ०९ २५,००,०००।००
२. दरवारथोक चोक बाट महेन्द्र मावि सम्म्को बाटो निर्माण (दुवै तर्फ नालि सहित), खवास टोल पोखरा ०९ १०,००,०००।००
३. झोलुङ्गे पुल देखी स्यानीपाटन सम्म नाली सहित बाटो निर्माण र खरिकुनादेखी राधाकृष्ण मन्दिर सम्म पद मार्ग पोखरा २० १२,००,०००।००
४. शिवशक्ति माविमा कम्यूटर ÷ मनिटर खरिद र सन्तानेश्वर शिव मन्दिरमा बाचनालय निर्माण पोखरा ११ ५,००,०००।००
५. नविन मावीमा कम्यूटर, प्राविधिक सामाग्री, बाद्य सामाग्री र अन्य खरिद पोखरा ४ ५,००,०००।००
६. कालिमाटी मार्गमा नाला तथा स्ल्याब निर्माण र सडक बत्ती जडान पोखरा ०४ ५,००,०००।००
७. क्रियापुत्री भवन निर्माण गन्धर्व टोल र सिमलखोरी, चण्डिका टोल गैह्राबारी जाने बाटो निर्माण (नाली स्ल्याब) पोखरा १६ ५,००,०००।००
८. सरस्वती मन्दिर तथा बहुउद्देसीय सामाजिक भवन निर्माण पोखरा ८ ३१,००,०००।००
९. गैह्राबारी आमा समुहको भवनमा शौचालय निर्माण पोखरा १६ २,००,०००।००
१०. बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्र, कास्कीको लागी ल्यापटप, प्रिन्टर, फर्निचर, साउण्ड सिस्टम लगाएत अन्य सामाग्री खरिद पोखरा ४ ४,००,०००।००
११. महाविर कृषि मार्ग कुर तथा ऐतिहासिक कुवा चौतारी पुर्ननिर्माण, हरिपाउ पोखरा १६ ६,००,०००।००
१२. सरस्वती अम्विका मन्दिर, आत्मज्ञान केन्द्रको पुननिर्माण पोखरा १६ ५,७५,०००।००
१३. बडहरबोट कृषि मार्ग संरक्षण ÷ निर्माण पोखरा १६ ३,००,०००।००
१४. कम्पोष्ट मल निर्माण, सरसफाई कार्यक्रम, राजपँधेरा पोखरा १६ ३,२५,०००।००
१५. कुँवर घाटीपाटन चौतारी पुननिर्माण पोखरा १६ ५,००,०००।००
१६. डाँडाथोक टोल सुधार समितिको लागी ल्यापटप, फर्निचर, उर्जा र अन्य सामाग्री खरिद तथा चण्डिका प्रावीको लागी शैक्षिक सामाग्री खरिद पोखरा १६ ५,५०,०००।००
१७. पिपलडाली ऐतिहाँसीक कुवा र पर्खाल निर्माण पोखरा २० २,२५,०००।००
१८. सिँचाई डिभिजन कार्यालय मार्फत तारजाली र खानेपानी ÷ सिँचाईको पाईप खरिद पोखरा १०,९३,०००।००
जम्मा १,४५,६८,०००।००
आर्थिक बर्षः २०७७/०७८ का लागी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननिय प्रभा कोइराला र माननिय मीना गुरुङ्गको तर्फबाट रहेका योजना/कार्यक्रमहरु तपशिल बमोजिम रहेका छन् ।
मा. प्रभा कोइराला र मा. मीना गुरुङ्गः
क्र.सं सञ्चालन हुने कार्यक्रम÷योजनाको नाम सञ्चालन हुने स्थानीय तह विनियोजित रकम रु.
१. तुम्के,गल्र्याङ, आलेबारी सडक स्तरोन्नती पोखरा १६ २५,००,०००।००
२. सुनौलो मार्गको बाटो स्तरोन्नती र शिवटोल बहुउद्देश्यिय भवन निर्माण एवं राष्ट्रिय अपाङ्ग सेवा समाज भवन अगाडी स्ल्याब निर्माण पोखरा ४ ७,००,०००।००
३. फुलवारी मार्ग बाँस्तोलाथरको बाटो तथाफुलवारी समितारा मार्गमा रेलिङ्गनिर्माण पोखरा ११ ७,००,०००।००
४.बाँसखोला बाट पाँढेथोक जानेबाटो स्तरोन्नीती पोखरा ११ ४,००,०००।००
५. प्रगतिशिल आमा समुहमा फर्निसिङ सामान पोखरा १६ ३,३२,०००।००
६. चण्डीका मन्दिरमा कम्पाउण्ड वाल, पार्क निर्माण र गायक टोलमा खानेपानी निर्माण पोखरा १६ ४,००,०००।००
७. डाडागाँउ गैह्रीस्वारा बाटो स्तरोन्नती पोखरा २० ४,००,०००।००
जम्मा ५४,३२,०००।००
नेपाली काँग्रेसबाट प्रदेश सभा निर्वाचन क्षेत्र २ (ख) बाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेश सभा सदस्य माननिय विन्दु कुमार थापा र माननिय कुमार खड्काले आर्थिक बर्षः २०७७÷०७८ का लागी संयुक्त तथा एकल प्रयासमा परेका अन्य योजना÷कार्यक्रमहरु तपशिल बमोजिम रहेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयः
१) पोखराको सेती नदी किनारमा शान्ति वन वाटिकाको विकास, रु. १० लाख
२) गोल्र्याङ्ग झुप्राङ्गबोट पर्यटन कार्यक्रम, पोखरा १६, रु. ५ लाख
३) नव आदर्श हरियाली उद्यान, पोखरा १६, रु. ५ लाख
४) सिमलेश्वर बस्ती संरक्षण कार्यक्रम, पोखरा २०, भलाम, रु. ५ लाख
५) ढिकिडाँडा भू–संरक्षणमैत्री पैदलमार्ग निर्माण, पोखरा १६, रु. ५ लाख
६) बुद्ध मण्डला पर्यटकिय गन्तव्य विकास, काहुँ डाँडा, रु. ५ लाख
भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः
१) मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन, पोखरा १६
२) मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँका कृषकहरुलाई सीपमुलक तालिम, पोखरा १६, रु. ४ लाख २५ हजार
३) साना सिचाँई आयोजना संख्या–३ (स्थान पछि चयन हुने)
४) नमुना कृषि गाउँ कार्यक्रममा सिचाँई, पोखरा १६
भौतिक पूर्वाधार विकास मन्त्रालयः
क) सडक र भवनः
१) नारायण थान पुल भलाम खोला पुल चण्डिपाटन देउराली हरिहर गुफा हुँदै डाडाँगाऊ कुर गाउँ अर्मला सडक, (प्रदेश गौरव सडक) कुल लागत रु. २७,२७,८८,८२६।५२, यस वर्ष रु. ५ करोड
२) अमरदिप बहुउद्देश्यीय भवन निर्माण, पोखरा १६ (निरन्तरता), रु. २५ लाख
३) शान्ति मार्ग पक्की सडक निर्माण, पोखरा ९ (निरन्तरता), रु. ५० लाख
४) तुम्के घुरकुना दाद्रे ¥याले सडक, पोखरा १६, रु. ५० लाख
५) वानिया पथ लामाचौर सडक, पोखरा १६, रु. ५० लाख (निरन्तरता) यस वर्ष रु. १० लाख
६) नयाँबजार शीतल मार्ग पक्की सडक, पोखरा ८, रु. ५० लाख
७) देउराली मार्ग भयंरथान बानियाथर गैराबारी मार्ग, पोखरा १६, रु. ५० लाख
८) सुन्दरफीड महेन्द्र गुफा मार्ग, चालु आ.व. मा रु. ५० लाख यस वर्ष रु. १ करोड
९) नारायण स्थान देखि मणीपाल अस्पताल सम्मको सडक निर्माण (यस वर्ष सम्पन्न हुने) रु. ५० लाख
ख) सिँचाई र तटबन्दः
१) खहरे खोला तटबन्द, पोखरा २०, जम्मा रु. ९० लाख (यस वर्ष सम्पन्न हुने)
२) अर्मला क्षेत्र संरक्षण कार्य, पोखरा १६, रु. ३० लाख
३) भलामफाँट सिचाँई योजना, पोखरा २०, कुल लागत ३ करोड १० लाख (निरन्तरता) रु. २० लाख
४) मौजा बेसी लामडाँडा सिचाँई योजना, पोखरा २०, रु. १० लाख
५) चापाको मुहान तल्ला खेत सिचाँई, पोखरा २०, रु. १५ लाख
६) ठूलाखेत चालीसे सिचाँई आयोजना, पोखरा २०, रु. १५ लाख
७) कुनाखेत सिचाँई योजना भलाम, पोखरा २०, रु. १० लाख
८) दाई खोला सिचाँई आयोजना, पोखरा २०
९) ठूली बेसी फाँट उपल्लो मझुवा सिचाँई योजना, पोखरा १६
१०) मझुवा ठूलावेसी सिचाँई कुलो, पोखरा १६
११) सेती नदी नियन्त्रण कार्यक्रम, रु. ७५ लाख
ग) खानेपानीः
१) अर्मलाकोट र्याले डिही कुर खानेपानी योजना, पोखरा १६, रु. ६५ लाख २० हजार
२) हरिहरगुफा खानेपानी योजना, पोखरा २०, रु. ५ लाख
३) डाँडागाउँ भोजे खानेपानी आयोजना, पोखरा २०, रु. २० लाख ३० हजार
४) एग्रेघारी विचारी पानी खानेपानी आयोजना, पोखरा २० भलाम, रु. ४० लाख (निरन्तरता)
५) आँटीघर खानेपानी आयोजना, पोखरा २०, रु. २० लाख
६) भलाम १ र २ तथा भु.पु. सैनीक खानेपानी टंकी निर्माण, पोखरा २०
७) ठूलापंधेरा तथा कुर खानेपानी योजना, पोखरा १६
घ) पुलः
१) भूते खोला सडक पुल, पोखरा १६
२) अम्वीका टोल कालीखोला झोलुङ्गे पुल, पोखरा १६
३) गल्छीनु पैरा खोला झोलुङ्गे पुल, पोखरा १६
सामाजिक विकास मन्त्रालयः
१) खस आर्य संग्रहालय, पोखरा ९, नयाँबजार, (निरन्तरता –गत आ.व.मा रु. ५० लाख ) यस आ.व.मा रु. ५० लाख
२) मन्दिर निर्माण संख्या–२ (स्थान पछि छनौट हुने)
३) पोखरा बहुमुखी क्याम्पस, पोखरा ९, नयाँबजार, (कम्प्यूटर, ल्यापटप र फर्निचार खरिद) रु. ८ लाख
४) राम आधारभूत विद्यालय, पोखरा ८, रु. १ लाख
५) कालीका मा.वि., पोखरा ११, रु. १ लाख ५० हजार
६) महेन्द्र मा.वि., पोखरा २० भलाम, रु. १ लाख
Discussion about this post