• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

अमेरिकी नागरिकले डिसेम्बरमा खोप ’पाउन सक्ने’

in अन्तराष्ट्रिय, शीर्ष खबर, समाचार, स्वास्थ्य/जीवनशैली
२०७७, ८ मंसिर सोमबार ०७:५२
0
मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने देखियो
31
SHARES
58
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
फाइजरले अमेरिकामा खोपलाई आकस्मिक अनुमति दिन आवेदन दिएको छ

ads
×

कोभिड–१९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्।

अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन्।

डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पु¥याइने योजना सुनाए।

देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन्।जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन्।

दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

 

तयारी के छ?
परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी(सेलहरू आफैँ बनाउँछ।

फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।

डा. स्लावीले सीएनएनसँग ’अनुमति पाएको दुई दिनमै’ खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ।डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए। तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ।

अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

आउने केही हप्ताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ।डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता प्राप्त गरिने बताए।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले देशव्यापी कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको चेतावनी दिएको छ।समाचार स्रोतः बीबीसी

सम्बन्धित समाचार

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग
Uncategorized

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण
शीर्ष खबर

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु
स्वास्थ्य/जीवनशैली

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड
शीर्ष खबर

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.