• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद

in शीर्ष खबर, समाचार, समाज
२०७७, ८ मंसिर सोमबार ०७:२६
0
बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद
25
SHARES
47
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
जबर्जस्ती करणीका कसुर मिलापत्र गराएमा अब तीन वर्षसम्म कैद हुने भएको छ ।

ads
×

कसुरदारलाई ३० हजार रुपियाँसम्म जरिवाना पनि हुनेछ । पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा बलात्कारका घटना मिलापत्र गराइएको पाइएपछि सरकारले सो व्यवस्थालाई कसुर परिभाषित गर्दै कैद र जरिवानाको व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मौजुदा तीन ऐन संशोधन गर्न यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको अध्यादेश सिफारिस गरेको छ । यसअघि बलात्कारका घटना मिलापत्रको हकमा कुनै पनि कानुनी व्यवस्था थिएन । अध्यादेश आइतबार नै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले तत्काल कानुन पुनरवलोकन गरेर हिंसा पीडितलाई शीघ्र न्यायको आवश्यक रहेकाले अध्यादेश ल्याउनुपरेको बताउनुभयो । तुम्बाहाङ्फेले भन्नुभयो, ‘‘कानुन समय अनुसार सुधार गर्दै लाने नै उद्देश्य हुन्छ । तत्काल पीडित पक्षको मागलाई सम्बोधन गर्नुपर्छ भनेर हामीले अध्यादेश सिफारिस गरेका हौँ ।’’

पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र गराइएको आरोप लाग्ने गरेको थियो । अध्यादेशले सार्वजनिक पद धारण गरेको व्यक्तिले मिलापत्र गराएको अवस्थामा थप ६ महिना कैद सजायको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई साढे तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । मिलापत्रका लागि आर्थिक लेनदेन गरेर वा नगरी दबाब दिने, प्रभावमा पार्ने, उजुरी लगायतका प्रक्रिया अवरुद्ध गर्ने कार्यलाई कसुरका रूपमा विधेयकले परिभाषित गरेको छ ।
अध्यादेशले उमेर समूह अनुसार हुने सजायको व्यवस्था बढाएको छ । १४ वर्षदेखि १६ वर्ष उमेर समूहका व्यक्तिविरुद्ध हुने बलात्कारका घटनामा कसुरदारलाई अब १२ वर्षदेखि १६ वर्षसम्म कैद हुनेछ । यसअघि सो कसुरमा १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो ।
यस्तै १६ देखि १८ वर्षको व्यक्ति विरुद्धको बलात्कारमा अब कम्तीमा १२ वर्षदेखि १४ वर्षसम्म कैद हुनेछ । यसअघि कसुरमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो ।

यस्तै १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा हुने बलात्कारको न्यूनतम र अधिकतम दुवै सजाय बढाइएको छ । जस अनुसार अब दस वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ । यसअघि सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । कैद सजायमाथि मिनाहा हुने छैन ।

१० वर्षभन्दा कम उमेरका व्यक्ति, पूर्ण अशक्त तथा अपाङ्गता भएका उमेर समूहका व्यक्तिविरुद्ध हुने बलात्कारका घटनामा हुने सजाय यथावत् छ । अहिले उक्त समूहको कसुरमा जन्मकैदको व्यवस्था गरिएको छ ।

यस्तै १० वर्षदेखि १२ वर्षको उमेर समूहका व्यक्ति विरुद्धको कसुरमा पनि हालको सजाय यथावत् नै छ । उक्त कसुरमा १८ देखि २० वर्षसम्म कैद सजाय हुनेछ ।

अध्यादेशले ज्येष्ठ नागरिक ऐन २०६३ को केही व्यवस्थासमेत संशोधन गरेको छ । ज्येष्ठ नागरिक भएका कारणले बलात्कारका घटनामा संलग्न भए पनि कैद मिनाहा नहुने व्यवस्था अध्यादेशले गरेको छ ।

यस्तै मुलुकी अपराध संहिताका केही शब्दावली फेरिएका छन् ।

महिला वा बालिका भन्ने शब्दावलीको सट्टा कुनै व्यक्ति राखिएका छन् । जसले महिला तथा बालिका बाहेकका अन्य लिङ्गका व्यक्तिविरुद्ध पनि जबर्जस्ती करणीका घटना हुने परिकल्पना गरेको छ ।समाचार स्रोतः गोरखापत्र

सम्बन्धित समाचार

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो
शीर्ष खबर

संसद बैठक पहिले प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

प्रचण्ड–माधव समूहले भन्योः पूर्वप्रधानन्यायाधीलाई नधम्क्याऊ,निरंकुश र अधिनायकवादी चरित्र रोक्न ओलीलाई चेतावनी
शीर्ष खबर

संसद बैठक सुरु हुन पहिले सभामुखसंग प्रचण्ड–मावध समूहको छलफल

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप
शीर्ष खबर

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन
समाज

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

संसद बैठक पहिले प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

पुर्व सभामुख महरा र विप्लव बीच भेटवार्ता

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

संसद बैठकमा नेकपाका सांसद एउटै लहरमा

प्रचण्ड–माधव समूहले भन्योः पूर्वप्रधानन्यायाधीलाई नधम्क्याऊ,निरंकुश र अधिनायकवादी चरित्र रोक्न ओलीलाई चेतावनी

संसद बैठक सुरु हुन पहिले सभामुखसंग प्रचण्ड–मावध समूहको छलफल

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

फरक क्षमता भएका बालबालिका अवसरबाट वञ्चित हुनुहुँदैन : मन्त्री नरदेवी पुन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.